भक्तपुर– एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ। बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको थियो।
बैठक डेढ घन्टा बसेर सकिएको माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिएका छन्।
बैठकका तीन उपलब्धि:
(१) पार्टी एकताको प्रगतिबारे अध्यक्षद्वयले बैठकलाई संक्षिप्त ब्रिफिङ
(२) मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुख र मन्त्रीमण्डल गठनको विषयमा कार्यदलको रिपोर्ट अनुमोदन
(३) कार्यदललाई शीर्ष नेताद्वारा धन्यवाद व्यक्त।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।