काठमाडौं– नेपाली कांग्रेसले प्रदेशसभामा संसदीय दलको नेता चयन, कार्यसमिति गठन र अन्य आवश्यक व्यवस्था गर्न विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सात प्रदेशका लागि ७ केन्द्रीय प्रतिनिधि समेत तय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।
संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रदेशसभाका सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम तत्कालै सञ्चालन गर्ने निर्णय पनि बैकले गरेको छ।
बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष चित्रलेखा यादव, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्व सहमहामन्त्रीहरु अर्जुननरसिंह केसी, डा रामशरण महत र पूर्णबहादुर खड्काको उपस्थिति थियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।