काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बालकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा सुरु भएको छ।
लामो समयको गृहकार्यपछि एमाले र माओवादीका शीर्ष नेता सम्मिलित गठबन्धनको बैठक बिहीबार बसेको हो।
एकीकृत पार्टीको नेतृत्व लगायतको विषयमा कुरा नमिल्दा पार्टी एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन। नेतृत्वको विषयमा कुरा नमिलेकै कारण एकता संयोजन समितिले गठन गर्ने भनिएको सांगठनिक र वैचारिक विषय मिलाउने कार्यदल बन्न सकेको छैन। आजको बैठकले उक्त दुई कार्यदल बनाउने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।