काठमाडौं- पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने नगदै ५ लाख धरौटी लिई रिहा भएका छन्।
जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेसँग धरौटी माग गरेर छाड्न आदेश दिएको हो। लामिछानेले नगद ५ लाख बुझाएका हुन्।
नर्स अस्मिता कार्की साधारण तारेखमा रिहा भएकी छन्। पत्रकार युवराज कँडेल पनि ३ लाख धरौटीमा रिहा भएका छन्।
गत साउन २० गते चितवनको एक होटलमा पत्रकार पुडासैनी झुन्डिएको अवस्थामा फेला परेका थिए।
कहिले के भयो हेरौं टाइमलाइनमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।