• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सम्माननीय पदबाहेक अन्यले विमान चढ्ने ठाउँसम्मै गाडी लैजान नपाउने

मन्त्री भट्टराईले गरे प्राथमिकता सार्वजनिक
64x64
नेपाल लाइभ सोमबार, भदौ ९, २०७६  १८:००
1140x725

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्माननीय पदका उच्चपदस्थ बाहेकले आन्तरिक उडानमा हवाई यात्रा गर्दा रन-वेसम्म नै सवारी लैजान नपाउने व्यवस्था गर्न लागेको छ।

सोमबार मन्त्रालयमा एक वर्षका लागि मन्त्रालयको प्राथमिकताका कार्याक्रम सार्वजनिक गर्दै मन्त्री योगेश भट्टराईले मन्त्रालयले यस्तो व्यवस्था गर्न लागेको बताएका छन्। 

हवाई सुरक्षालाई मध्यनजर गर्दै मन्त्रालयले यस्तो निर्णय गरेको उनको भनाइ छ।

‘अहिले मन्त्री, सांसद तथा अन्य व्यक्तिले पनि आन्तरिक हवाई यात्रा गर्दा विमान चढने ठाउँसम्म सवारी लैजाने गरेको छन’। मन्त्री भट्टराईले भने, ‘अब यो काम पूर्ण रुपमा बन्द हुन्छ।’ मन्त्रीले एक वर्षका लागि सार्वजनिक गरेको कार्यक्रममा केही वार्षिक कार्यक्रम भन्दा बाहिरको पनि रहेको छ।

‘भित्र पसेर हर्ने काम सकिएको छ,' उनले भने ‘अब माथि उठेर काम गर्ने हो।’

nimb
nimb
Ncell 2
Ncell 2

मन्त्रालयको सग्रम टिम नै अगाडि बढने उनको भनाई छ।

‘हामी एउटा आरोही हौं। हाम्रो लक्ष्य शिखरमा पग्ने हो। उकालो लाग्दै छौं बीचका कुनै आपत विपत आएपनि अनकुल समय पखेर माथि नै पुग्ने हो,' मन्त्री भट्टराईले भने।

मन्त्रालयले युरोपियन युनियनको कालोसूची हटाउन आवश्यक पहल गर्ने समेत उनको भनाइ छ।

यस्तो छ एक वर्षे कार्यक्रम
•    नेपालको नागरिक उड्डयन क्षेत्रलाई युरोपियन युनियनको कालो सूचिबाट हटाउन  आवश्यक पूर्व शर्तहरु पूरा गर्ने तथा यसका लागि नागरिक उड्डयन क्षेत्रमा नियामक र सेवाप्रदायक निकायको अलग अलग व्यवस्था हुनेगरी नयाँ कानूनहरु तर्जुमा गर्ने ।
•    नेपालको पर्यटन क्षेत्रको विकासका लागि नयाँ ऐनको मस्यौदा तयार गर्ने ।
•    लुम्बिनी, पशुपति र जनकपुर क्षेत्र विकास परिषदका नयाँ कानून तर्जुमा गर्ने ।
•    साँस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहसमेतको समन्वय र साझेदारी हुने तथा विकास समिति ऐनबाट गठित संस्थाहरुको कानूनी तथा संस्थागत पुनर्संरचना गर्नेगरी साँस्कृतिक सम्पदा संरक्षण र व्यवस्थापन सम्बन्धी छाता कानून बनाउने ।
पर्यटन क्षेत्रको विकास र नेपाल भ्रमण वर्ष 
•    नेपाल भ्रमण वर्ष २०२० मा कम्तिमा २० लाख पर्यटक भित्र्याउन प्रमुख १० ओटा स्रोत बजारहरुको पर्यटक आगमन प्रक्षेपण र त्यसका लागि आवश्यक कार्यक्रम संचालन गर्ने । 
•    ग्लोबल पर्यटन  सम्मेलन गर्ने
•    पर्यटन लगानी सम्मेलन गर्ने
•    सन् २०२० जनवरी पहिलो हप्ताभित्र विदेशमा रहेका नेपालका सबै कुटनीतिक नियोगहरु, मिसनहरु तथा सातै प्रदेशका राजधानीमा नेपाल भ्रमण वर्षको भब्य शुभारम्भ गर्ने । यसमा सम्माननीयहरु, प्रमुख प्रतिपक्षी दलका नेता र विभिन्न राजनैतिक दलका महत्वपूर्ण नेताहरुको उपस्थितिको व्यवस्था मिलाउने ।
•    नेपालबाट बाहिरिने पर्यटकको भिषा स्टाम्पिङ, व्यागेज स्टिकर र बोडिङ पासमा नेपाल भ्रमण वर्षको लोगोसहितको स्टिकर राख्ने व्यवस्था मिलाउन अध्यागमन विभाग र सम्वन्धित विमान कम्पनीहरुसंग आवश्यक समन्वय   गर्ने । 
•    नेपालका प्रमुख प्राकृतिक तथा साँस्कृतिक सम्पदा अंकित विशेष पोष्ट कार्ड बनाई पर्यटकहरुलाई नेपालबाट बिदा हुँदा नेपालको तर्फबाट धन्यवादसहितको उक्त पोष्ट कार्ड विमानस्थलको प्रस्थान विन्दुमा वितरणको व्यवस्था मिलाउने ।
•    गैरआवासीय नेपाली संघको नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान संचालन गर्ने
•    नेपालमा तथा विभिन्न देशहरुमा हिमाल आरोहीहरुको भेला, गोष्ठी सेमिनार गर्ने 
•    नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हिमालको नामाकरण तथा केही हिमाललाई प्रबर्द्धन गर्न रोयल्टी छुटको व्यवस्था मिलाउने । 
•    चितवनको नारायणी नदीमा सामुन्द्रिक किनारा को झल्को दिनेगरी नदी किनारामा प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रसहितको सहकार्यमा आवश्यक भौतिक पूर्वाधारको विकास गरी पर्यटकीय गतिविधि बृद्धि गर्न सम्भाव्यताको अध्ययन गरी मोडालिटी निर्धारण गर्ने ।
•    चितवनको रामनगरदेखि दियालो बंगलासम्म सन्ध्याकालीन पर्यटकीय गतिविधि बृद्धि गर्न नाइट सफारी पार्क को विकास गर्न सम्भाव्यता अध्ययन गर्ने ।
•    नेपाल भ्रमण वर्ष २०२० को लोगो अंकितलाई प्रिमियर लिगका क्लवहरुसंग संझौता गरी अन्तर्रा्ष्ट्रिय फूटवल मार्फत प्रबर्द्धन गर्न प्रयास गर्ने ।
•    हालै मन्त्रालयद्वारा गठित कार्यदलले प्रस्तुत गर्ने प्रतिवेदनलाई समेत आधार मानी नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीको रुपमा संचालन गर्ने लगायतको सुधारका लागि आवश्यक कानूनी सुधार गर्ने ।
•    नेपाली यात्रुलाई अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुरुपको बीमा सम्बन्धी व्यवस्था गर्नेगरी कानूनको व्यवस्था गर्ने ।
•    उड्डयन क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न अन्तर्रा्ष्ट्रिय स्तरको फ्लाइङ स्कुल सञ्चालन संभाव्यताको अध्ययन गर्ने ।
•    सबै प्रदेशका राजधानी जोडिनेगरी अन्तर प्रदेश हवाइ सेवा विस्तार गर्न प्रोत्साहन गर्ने ।
•    गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण काम सन् २०१९ को डिसेम्बरसम्म सम्पन्न गर्ने अर्को ३ महिनाभित्र परीक्षण उडान गरी व्यवसायिक उडानको पूर्वतयारी  गर्ने । 
•    निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल (बारा) को निर्माण कार्यमा शिघ्रताको लागि लगानी बोर्डसंग छलफल गरी लगानीको मोडाटिली तयार गर्ने । टांगिया बस्ती व्यवस्थापनको मोडालिटी स्पष्ट गर्ने । वृक्षारोपणको लागि क्षेत्र पहिचान गर्ने । 
•    पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको हालको निर्माण गति कायम राख्दै निर्धा्रित समयअघि नै सम्पन्न गर्ने व्यवस्था मिलाउने ।
•    सवै प्रदेश राजधानीका विमानस्थलहरुलाई कम्तिमा ७० सिट भन्दा माथिका जहाज उडान तथा अवतरण हुन सक्नेगरी स्तरोन्नति र विस्तार गर्ने । यसका लागि सुर्खेत विमानस्थलको विस्तार कार्य शुरु गर्ने । साथै, पर्यटकीय दृष्टीले महत्वपूर्ण भरतपुर विमानस्थलको समेत विस्तार कार्य अघि बढाउने ।
•    प्रयोगमा नआएका विमानस्थललाई एयर स्पोर्टस एक्टिभिटी सेन्टरका रुपमा विकास गर्न आश्य पत्र माग गर्ने।
•    त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्न काठमाडौं नजिकको (रामेछाप) विमानस्थलको स्तरोन्नती गर्ने ।
•    काठमाण्डौबाट प्रमुख आन्तरिक एयरपोर्टमा जाने साना जहाजहरुको उडान निरुत्साहन गर्दै जाने । साथै, काठमाण्डौ बाहिरका विमानस्थलबाट दुर्गम क्षेत्रहरुमा हुने उडानलाई प्रोत्साहन गर्ने ।
•    आन्तरिक उडानमा रेडुयल उडानलाई अनिवार्य उडान गर्ने व्यवस्था मिलाउने । 
•    तीनकुनेदेखि गौशालासम्मको सडकलाई दुवैतर्फ संचालनको आवश्यक मापदण्ड बनाउने तथा सुसजित गर्ने कार्यको शुरुवात गर्ने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 
•    विमानस्थललाई बुटिक अवधारणा अनुरुप रुपान्तरण गर्न तोकिएका कार्यहरु समयमै सम्पन्न गर्ने । 
•    विमानस्थलमा ब्यागेज क्लियरेन्सको कार्य ३० मिनेट भित्र सम्पन्न हुने व्यवस्था मिलाउने ।
•    विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने ।
•    बायोमेट्रिक यात्रुजाँच प्रविधि र अनलाइन भिषा र  इ–पेमेन्टको प्रबन्ध मिलाउने ।
•    अध्यागमन सेवा, यात्रु लगेज सेवा र विश्रामस्थल लगायतका महत्वपूर्ण स्थानहरुको सी सी क्यामरा मार्फत प्रत्यक्ष निगरानी गर्ने र तत्काल पृष्ठपोषण र सुधार गर्ने प्रणाली विकास गर्ने ।
•    सेवाको गुणस्तरको मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था एआसी बल्र्ड बाट ग्रेडिङ गर्ने । 
•    विमानस्थलबाट संचालन हुने पर्यटकीय सवारी साधनमा जीपीएस प्रणाली राख्ने व्यवस्था मिलाउने ।
•    पर्यटकीय ट्याक्सी चालकलाई निर्धारित पोशाक र व्यवहारगत तालिम दिने ।
•    डिजिटल प्रविधि समेतबाट पृष्ठपोषण लिने व्यवस्था गरी निरन्तर विश्लेषण तथा आवश्यक सुधार गर्ने । 
•    ट्रान्जिट यात्रुका लागि सुविधा सम्पन्न लाउन्ज व्यवस्था गर्ने ।
•    साझा यातायात एवम् पर्यटक यातायात संस्थाहरुसंगको छलफल एवं सहकार्यमा विमानस्थलबाट शहरका विभिन्न पर्यटकीय क्षेत्रमा सटल बस सञ्चालन गर्ने व्यवस्था मिलाउन सम्भाव्यताको अध्ययन गर्ने ।
•    त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा रहेको इन्धन भण्डारणलाई भूमिगत  गर्न नेपाल आयल निगमलाई अनुरोध गर्ने र यसका लागि आवश्यक जमिननको प्रवन्ध नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने ।
नेपाल वायुसेवा निगमको सुधार
•    निगमको समग्र व्यवस्थापन सुधार कार्यलाई तीब्रता दिने ।
•    निगमको वाइडबडी रियाद र गोन्जाउ उडान गर्ने । 
•    सबै विमानहरु सञ्चालनमा ल्याउने । 
•    सबै प्रकारका टिकटलाई अनलाइन बिक्रीमा लैजाने व्यवस्था मिलाउने ।
•    निगमबाट सञ्चालित विमानस्थलको ग्राउण्ड ह्याण्डलिङलाई थप व्यवस्थित र प्रभावकारी बनाउने । 
•    विमानस्थल भित्र यात्रुहरुलाई ५ वटा नयाँ बसबाट सेवा दिने ।
•    निगमको टिकट रद्दपछिको रिफण्ड प्रकृयालाई सरलीकृत गर्ने ।
•    उडान रद्द र ढिलाइको जानकारी विमानस्थलमा यात्रु पुग्नुपर्ने समयको कम्तिमा २ घण्टा अगाडि यात्रुलाई सूचना दिने ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पहिलो अभ्यास खेलमा स्कटल्यान्डमाथि नेपाल ‘ए’ ४५ रनले विजयी
लिज सम्झौता नगरेका सरकारी जग्गा खाली गर्न सरकारको परिपत्र
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पहिलो अभ्यास खेलमा स्कटल्यान्डमाथि नेपाल ‘ए’ ४५ रनले विजयी बिहीबार, वैशाख २४, २०८३
लिज सम्झौता नगरेका सरकारी जग्गा खाली गर्न सरकारको परिपत्र बिहीबार, वैशाख २४, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित दुई पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, वैशाख २४, २०८३
कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न, ३ जना नियन्त्रणमा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्