काठमाडौं– बालकोटस्थित निवासमा भेट्न जाने व्यक्तिहरुको भिड बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटघाटको तालिका बनाएका छन्।
पार्टी कार्यालय र संसदीय दलको कार्यालयमा मात्र अब उनीसँग भेटघाट हुने उनको सचिवालयले जनाएको छ।
ओलीका एक स्वकीय सचिवका अनुसार सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ३ बजेसम्म करिब ४ घन्टा ओलीले कार्यकर्ता तथा विभिन्न व्यक्तिसँग पार्टी कार्यलयमा भेटघाट गर्नेछन्।
निवासमा अत्यावश्यक भेटहरु मात्र हुने उनको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।