• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मिथिला सांस्कृतिक केन्द्र निर्माणमा ठेकेदारको गैरजिम्मेवारपन, ११ वर्षमा पनि बनेन भवन

डिभिजन कार्यालय भन्छ- प्रहरीका कारण समस्या
64x64
नेपाल लाइभ मंगलबार, भदौ १०, २०७६  ०७:२५
1140x725

जनकपुर- जनकपुरमा ११ वर्षअघि निर्माण सुरु भएको ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ भवन निर्माण हालसम्म पनि सम्पन्न हुनसकेको छैन।

नेपाली कांग्रेसका तत्कालीन नेता महेन्द्रनारायण निधिको स्मृतिमा निर्माणाधीन उक्त भवनको निर्माणका लागि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले २०६५ असार ३० गते ७ करोड २४ लाख ६८ हजार ८ सय ८९ रुपैयाँ लागतमा कालिका रमण जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो।

तर, सरोकारवाला कार्यालय र निर्माण व्यवसायीको बेवास्ताले तीन वर्षमा निर्माण कार्य सम्पत्र हुनुपर्ने सांस्कृतिक केन्द्रको भवन ११ वर्ष बितिसक्दासमेत पूरा हुन सकेको छैन।

जनकपुरमा सांस्कृतिक तथा धार्मिक कार्यक्रममा मानिस भेला हुँदा ठूलो र आधुनिक सभागृह नरहेको भन्दै सरकारले ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ निर्माण गर्ने परिकल्पना गरेको थियो।

सोही मुताविक २०५७ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा विराटनगरमा ‘कृष्णप्रसाद कोइराला स्मृति भवन’ र जनकपुरमा ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ बनाउने निर्णय भएको थियो।

तत्कालीन प्रधानमन्त्री कोइरालाले विराटनगरका लागि बजेट छुट्याए पनि ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’का लागि बजेट नदिएको कांग्रेसका नेता रामसरोज यादव बताउँछन्। कोइराला जनकपुर पुग्दा कार्यकर्ताले दबाब दिएपछि केही रकम विनियोजन गरिएको उनको भनाइ छ। बजेट विनियोजन भएपछि भवनको इस्टिमेट र डिजाइन लगायतका काम सुरु गरिएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय धनुषाको दक्षिणतर्फ भवन निर्माणाधीन अवस्थामा रहेको छ। अहिले अधुरो उक्त भवन प्रहरी बासस्थानमा परिणत भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

६ सय मानिस अट्ने क्षमताको सभाहल भवन निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो। तोकिएको समयमा काम पूरा नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्नुपर्ने स्थानमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले भने निर्माण व्यवसायीकै पक्षपोषण हुनेगरी पटक-पटक म्याद थप गरिएको छ।

भवन निर्माणको लागि म्याद थप्दा राजनीतिक आन्दाेलनका समय हुनेगरेका बन्द तथा हडतालका कारण निर्माण सामग्री र कामदारको अभावलाई कारण बनाइएको पाइएको छ। निर्माण व्यवसायीले दिएको निवेदनका आधारमा कार्यालयले पहिलो पटक २०६८ असार, दोस्रो पटक २०७० पुसमा म्याद थप गरिए पनि भवन निर्माण कार्य सम्पन्न हुन सकेको छैन।

डिभिजन कार्यालयका प्रमुख गंगाप्रसाद यादव भवनभित्र प्रहरीले डेरा जमाएपछि निर्माण कार्य समयमा पूरा हुन नसकेको दाबी गर्छन्। ‘निर्माण कै चरणमा रहेको भवनमा प्रहरी आएर बसेको छ,' डिभिजन कार्यालयका प्रमुख यादवले भने, ‘हामीले त्यहाँबाट प्रहरी हटाउन पटक-पटक पत्राचारसमेत गरेका छौं, प्रहरी नहटेपछि भवन निर्माण पूरा गर्न समस्या भएको हो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रहरीले भवन खाली नगरेसम्म काम अगाडि बढाउने अवस्था नरहेको उनको भनाइ छ। साथै भवन निर्माण पूरा गर्न सरकारसँग थप रकम माग गरिएको यादवले बताए।

निर्माण व्यवसायीले गर्नुपर्ने आफ्नो जिम्मेवारीको सम्पूर्ण काम पूरा गरिसकेको बताउँदै यादवले भने, ‘फर्निसिङ, भवन परिसरभित्र टायल्स जडानजस्ता काम मात्र बाँकी छन्।’

निर्माण व्यवसायीले सबै काम पूरा गरिसकेको प्रमुख यादवले दाबी गरे पनि कार्यालयलाई हालसम्म हस्तान्तरण भने गरिएको छैन। मिथिला सांस्कृतिक केन्द्रको भवन निर्माण पूरा हुनु अगावै हाल तयार रहेका संरचना मर्मतसम्भारको अवस्थामा पुगेको छ। भवनको छत, झ्याल, ढोका, पुस्तकालय, संग्रहालय जीर्ण बनेका छन्। निर्माण व्यवसायीले सम्बन्धित कार्यालयलाई भवन हस्तान्तरण गर्नुपूर्व मर्मतसम्भार गर्नुपर्ने अवस्था देखिएको हो।

डिभिजन कार्यालयका प्रमुख यादवले जीर्ण भइसकेका संरचनाको मर्मतसम्भार गरिने बताए। अधिकतम एक वर्षभित्र भवन निर्माण कार्य पूरा हुने यादवको दाबी छ।

सभाहलका रुपमा निर्माण थालिएको ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’लाई नेपाल प्रहरीले केही वर्षदेखि बासस्थानका रुपमा प्रयोग गर्दै आइरहेको छ। आमनेसामने रहेको जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी जवानलाई उक्त भवनमा बासस्थानको व्यवस्था मिलाइएको छ।

जिल्ला प्रहरी कार्यालयका जवानमात्र बस्दै आएको निर्माणाधीन भवनमा अहिले प्रदेश प्रहरीसमेत बस्न थालेका डिभिजन कार्यालयका प्रमुख यादवको भनाइ छ। भवनबाट प्रहरी हटाउन गृह मन्त्रालयमार्फत पहल गुर्नपर्ने आवश्यकता देखिएको उनको भनाइ छ।

सांस्कृतिक केन्द्रको भवनमा हाल प्रहरी बसिरहेको सन्दर्भमा धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कँडेलले भने, 'आधिकारीक रुपमा कुनै निकायबाट स्विकृति लिइएको छैन। सरकारी भवन नै भएकोले अहिले अर्को विकल्प नहुञ्जेलसम्मको लागि प्रहरीकाे बासस्थान बनाइएको हाे,' उनले भने, 'अर्को विकल्प खाेजिँदै छ, विकल्प भेट्ने बित्तिकै क्रमिकरुपमा प्रहरी त्यहाँबाट हट्दै जानेछ।'

प्रहरीको बासस्थानबाहेक समय-समयमा हुने निर्वाचनका लागि समेत ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’को निर्माणाधीन भवनलाई प्रयोगमा ल्याइने गरिएको छ। २०७० सालको संविधानसभा निर्वाचन तथा गत निर्वाचनमासमेत निर्माणाधीन भवन प्रयोगमा ल्याइएको थियो। मतदानपछि मतपत्र गणना यसै भवनमा गरिएको थियो।

अर्कोतर्फ भवनको निर्माण कार्य पूरा भइसकेपछि हस्तान्तरण गरिने निकायबारे अन्योल छ। प्रमुख यादवका अनुसार भवन कुन निकायलाई हस्तान्तरण गर्ने यस विषयमा निर्णयसमेत हुन सकेको छैन। उनले भने, ‘यद्यपि तीनवटा विकल्पमाथि छलफल चलिरहेको छ। स्थानीय तह, प्रदेश सरकार वा ट्रस्ट बनाएर कुनै एक निकायलाई भवन हस्तान्तरण गर्न सकिने विकल्पमाथि छलफल चलिरहेको छ।’

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  ०७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति?
एआईमा फड्कोः: गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
एआईमा फड्कोः: गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’ बिहीबार, कात्तिक १२, २०८३
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ? बिहीबार, कात्तिक १२, २०८३
आजको लागि विदेशी मुद्राको विनिमयदर: कतिमा हुन्छ खरिद बिक्री ? बिहीबार, कात्तिक १२, २०८३
एनपीएल : आज जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्