काठमाडौं- नेपाली सेनाले ‘महाशिवरात्रि तथा सेना दिवस २०७४’ को अवसरमा माघ २५ देखि २७ गतेसम्म सैनिक मुख्यालयमा फोटो प्रदर्शनी गर्ने भएको छ।
नेपाली सेना ‘इतिहासदेखि वर्तमानसम्म’ आधारित रहेर आयोजना हुने उक्त कार्यक्रममा सेनाको ऐतिहासिक हतियार, उपकरण, पोशाक लगायत विविध प्रदर्शनी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सेनाले पहिलो पटक आयोजना गर्न लागेको उक्त बृहत् प्रदर्शनीमा सर्वसाधारणको लागि प्रवेश निःशुल्क गरिएको प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए। नागरिक र सैनिकको सम्बन्ध सुदृढ एवं प्रगाढ तुल्याउन प्रदर्शनीबाट योगदान पुग्नुका साथै सर्वसाधारणका लागि रोचक र ज्ञानवर्द्धक हुने नेपाली सेनाले बताएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।