महेशको 'दिदीभाइ' बजारमा [भिडियो]

नेपाल लाइभ | २०७६ भदौ ७ शनिबार | Saturday, August 24, 2019 १६:२१:०० मा प्रकाशित

काठमाडौं- लोक दोहोरी गीत 'दिदी भाइ' बजारमा आएकाे छ।

गीतमा महेश नेपालको शब्द र गायिका गीता देवीकाे लय  तथा संगीत रहेकाे छ। गीतमा दिनेश तिमल्सिना र सुमित्रा तिमल्सिनाले स्वर दिएका छन्।

गीतको भिडियोको निर्देशन सविन गाैतमले गरेका छन्। भिडियोमा सविन, सुमित्रा र हरि कुँवरले अभिनय देख्न सकिन्छ। भिडियोलाई सागर गाैतमले छायांकन गरेका छन्।