काठमाडौं- नेपाली कांग्रेसले वर्तमान सरकारले स्वतन्त्र पत्रकारितालाई बन्देज लगाएको आरोप लगाएको छ।
लोकतान्त्रिक संविधानको मर्म र भावना विपरीत स्वतन्त्र पत्रकारितालाई कुण्ठित गर्ने र पत्रकारहरूमाथि प्रहार गर्ने कार्य वर्तमान सरकारबाट भएको कांग्रेसको आरोप छ।‘सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई विना कारण निष्कासन गर्ने र पत्रकारहरूलाई तर्साउने एवम् आतंकित बनाउने’ कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणद्धारा प्रकाशित विज्ञप्तिमा भनिएको छ।
टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउको घटना प्रति निष्पक्ष र स्वतन्त्रतापूर्वक छानबिन गर्न माग गरिएको छ। निर्दोषलाई फसाउने र दोषीलाई उन्मुक्ति दिने कार्य सह्य नहुने कांग्रेसको धारणा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।