काठमाडौं - पाँचौँ एभिसी एसियन सेन्ट्रल जोन भलिबलमा नेपाललाई ३-० को सोझो सेटमा हराएर माल्दिभ्स सेमिफाइनलमा पुगेको छ। घरेलु कोर्टमा नेपाली टोलीको प्रदर्शन अपेक्षाअनुसार नहुँदा माल्दिभ्स टिमको खुसी भने दर्शकसँग जोडिएको छ।
‘हजारौँ नेपाली समर्थकको अगाडि उनीहरुलाई हराउन सक्नु सानो कुरा होइन’ जितपछि माल्दिभ्सका प्रशिक्षक मोहमेद साजिदले आफूहरु असाध्यै खुसी रहेको भन्दै सुनाए। अगाडिका खेलमा पनि आफूहरुको प्रदर्शन यस्तै रहने प्रशिक्षक साजिदले बताए।
माल्दिभ्स टिमका कप्तान अलि हुजामले आफूहरु नेपालमा एउटा लिएर आएको र त्यो लक्ष्य पूरा गर्ने बाटोमा रहेको बताएका छन्। ‘हामी एउटा लक्ष्य लिएर आएका थियौँ र बुधबारको खेलले सबै खेलाडीहरु त्यो लक्ष्यमा बढेको पनि देखिएको छ’ उनले भने।
पहिलो खेलमा कीर्गिस्तानसँग २५-१५, २६-२४ र २५-१९ को सेटमा हारेको माल्दिभ्सले नेपाललाई २५-२२, २५-२१ र २५-१४ को सेटमा हराएको थियो। सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा भएको खेलमा पहिलो सेटदेखि नै नेपालको खेलमा तालमेल मिल्न सकेको थिएन। हजारौँ दर्शकको हुटिङमा बाबजुद नेपाली टिम कमजोर बने पनि माल्दिभ्स भने ठूलो संख्यामा आएका दर्शकले उत्साहित रह्यो।
.JPG)
माल्दिभ्सले नेपाल आउनुअघि श्रीलंकासँग तीन मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा तीनै खेलमा माल्दिभ्स पराजित भए पनि त्यो खेलले टिमको अनुभव भने बढेको देखिएको छ।
यसका साथै माल्दिभ्स टिमले भर्खरै इन्डियन ओसियन आइसल्याण्ड गेम्स खेल्नुका साथै सर्बियामा गएर पनि अभ्यास गरेको थियो। इन्डियन ओसियन आइसल्याण्ड गेम्समा पनि कुनै खेल जित्न नसकेको माल्दिभ्सले सेन्ट्रल जोनमा नेपाललाई हराएर हारको श्रृङ्खलाको पनि अन्त्य गरेको छ।

नेपाली टिमका प्रशिक्षक हान अबिङले नेपालले लगातार गल्ती गर्दा हार्न पुगेको बताएका थिए। यस्तै नेपाली टिमका कप्तान इम मगरले नेपालको तयारी राम्रो नभएको र माल्दिभ्सको तयारी राम्रो हुनुका साथै अनुभवि खेलाडी रहेकाले आफूहरु पराजित भएको बताए।
यो पनि पढ्नुहोस्
भलिबलका ४ दृश्य : कमजोर खेल, महिला टिमको हुटिङ, विनोद र मानबहादुर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।