• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भलिबलका ४ दृश्य : कमजोर खेल, महिला टिमको हुटिङ, विनोद र मानबहादुर

64x64
ऋग्वेद शर्मा बुधबार, भदौ ४, २०७६  २१:३९
1140x725

काठमाडौं- पाँचौँ एभिसी एसियन सेन्ट्रल जोन भलिबलमा माल्दिभ्ससँग ३–० को सोझो सेटमा पराजित हुँदै नेपालको सेमिफाइनल पुग्ने बाटो बन्द भयो। घरेलु भूमिमा नेपाली टोलीको प्रदर्शन अपेक्षाभन्दा निकै कमजोर रह्यो। 

यसैले खेलपछि नेपाली टिमका प्रशिक्षक हान अबिङले भने, ‘खेलाडीहरुको दिमाग कोर्टमा छँदै थिएन, उनीहरु कतै हराइरहेका जस्ता देखिन्थे। जब फोकस खेलमा हुँदैन र मन अन्त पुग्छ भने नतिजा त यस्तै हुन्छ, हाम्रो प्रदर्शन योभन्दा त राम्रो हुनुपर्ने हो।’

हुन पनि तीन वर्षअघि यस्तै प्रतियोगितामा माल्दिभ्सलाई नै हराएर कांस्य पदक जितेको नेपाल यसपटक घरेलु भूमिमा नै समूह चरणबाटै बाहिरियो। पहिलो खेलमा बलियो मानिएको कीर्गिस्तानसँगको हारपछि पनि खेलाडी र पदाधिकारीहरु समेत माल्दिभ्सलाई जित्नेमा ढुक्क देखिन्थे तर, त्यो हुन सकेन।

सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा भएको खेलमा पहिलो सेटदेखि नै नेपालको पुरानो कमजोरी बल ‘रिसिभ’ राम्रो हुन सकेन। माल्दिभ्सको सर्भिसमा आएका कतिपय बल रिसिभ गर्दा नेटमा माल्दिभ्सकै लागि माइनस बल मिलिरहेको थियो। जसलाई माल्दिभ्सका खेलाडीले सजिलै नेपालको कोर्टमा गिराइरहेका थिए।   

पहिलो सेटमा कुनै समय ८–३ ले पछि रहेको नेपाल ११–११ को बराबरीसम्म पनि पुगेको थियो। तर, पहिलो सेट २२–२५ ले गुमाउन पुग्यो। नेपाल दोस्रो सेटमा खेलमा फर्कने अपेक्षा गरिएको थियो। अपेक्षाअनुसार दोस्रो सेटमा केही सुधारहरु देखिएको पनि हो। चार अंकले अघि बढिसकेको नेपाल ११–११ को बराबरीसम्म झर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यही नै थियो जहाँ नेपाली टिम पुनः खस्कियो र दोस्रो सेट २१–२५ ले हार्न पुग्यो। तेस्रो सेटमा प्रशिक्षक अबिङले लगातार खेलाडी परिवर्तन गर्दै नयाँ प्रयोग गर्न खोजे पनि सफल हुन सकेनन्। तेस्रो सेटको सुरुदेखि नै पछि परेको नेपाल पहिलो दुई सेटमा भन्दा कमजोर बन्न पुग्यो र १४–२५ ले हार्‍यो। 

प्रशिक्षक भन्छन्- सिक्दै जाने हो
नेपालको खेलमा रिसिभ मात्रै होइन मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई दुई खेल जित्दाको जस्तो न त सट ठाउँमा थियो न त प्लेसिङ नै मिलिरहेको थियो। यस्तो लाग्थ्यो, खचाखच दर्शकले भरिएको सैनिक कबर्ड हलमा चर्केको हुटिङमा उत्साहित हुनुको साटो खेलाडी दबाब महसुस गरिरहेका थिए। 

‘हामीले पहिलो सेटमा ठिकै खेलेका हौँ तर दोस्रो सेटमा ८–४ ले अघि हुँदा पनि सम्हालिएर खेल्न सकेनौँ र गल्तीहरु दोहोर्‍याइरह्यौँ। टिम राम्रो हुन यस्ता खाले खेलहरु अझै धेरै खेल्दै अनुभव लिँदै जानुपर्छ’ हारपछि नेपाली टिमका प्रशिक्षक अबिङले भने।

Xtrem

Xtrem

उनी अघि भन्छन्, ‘लगातार दुई सेट हारेपछि नेपाली टिमले खेल छाडेको जस्तो देखियो। त्यस्तो गर्नु हुँदैन। २–० हुँदा त खेलमा फर्कने अवसर अझै रहन्छ नि, भलिबलमा तीन सेट जितेपछि खेल जितिन्छ भन्ने कुरा भुल्न भएन र हार मान्नु भएन। यस्तो फेरि नहोस् भन्ने लाग्छ।’

ब्लक र रिसिभ राम्रो नभएको स्वीकार गर्दै प्रशिक्षक अबिङ भन्छन्, ‘यसमा सुधार गर्नुको विकल्प छैन। एक या दुई गल्ती त ठिक छ तर लगातार पाँच गल्ती कसरी हुन्छ? ब्लकमा नेटमाथि राम्ररी हात बढाउने र रिसिभका बेला ध्यान लगाएर बस्ने नै सुधारको तरिका हो। यो खेलले हामीलाई धेरै कुरा सिकाएको छ। अब अवसरहरु अझै आउँदै जालान्। घरेलु दर्शकका सामु यसरी सिक्न पाउनु ठूलो कुरा हो।’

कप्तान भन्छन्- तयारी पुगेन
नेपाली टिमका कप्तान इमबहादुर मगर भने हारको कारण राम्ररी तयारी गर्न नपाउनु रहेको बताउँछन्। ‘हामीले दुई महिना राम्ररी अभ्यास गर्नु पर्ने हो तर त्यस्तो हुन सकेन। खेल हुन्छ भन्ने त पहिले नै थाहा थियो नि तर पनि तयारीका लागि कुनै कदम चालिएन,’ उनले भने। 

खेलअघि माल्दिभ्ससँग हाम्रो मनोबल उच्च छ जितिन्छ भन्ने सोच थियो तर पनि खेलिसक्दा नतिजा उल्टो देखिनुमा आफूहरुको कमजोरी भन्दा माल्दिभ्सको बलियो पक्ष कारण रहेको इम बताउँछन्। 

‘माल्दिभ्स अहिले धेरै नै राम्रो भइसकेको रहेछ। उनीहरु लगातार मैत्रीपूर्ण खेल खेल्ने र अभ्यास गर्ने गरिरहेका छन्। यहाँ आउनुअघि पनि उनीहरु श्रीलंकासँग मैत्रीपूर्ण खेल खेलेर आए। ६ महिनादेखि उनीहरु बाहिर बाहिर खेलिरहेका थिए। त्यसैले उनीहरुको पुराना अनुभवि खेलाडीले अझ राम्रो गरे’ खेलपछि कुरा गर्दै कप्तान इमले भने। 

उनले अघि भने, ‘हामीले पनि नयाँ खेलाडी भन्दा सेट खेलाडी नै राखौँ भन्ने कुरा गरिरहेको थिएँ तर त्यो अनुसार हुन सकेन अभ्यासमा भएका प्रयोग खेलमा आउन पनि सकेन।’

आफूहरुले रिसिभ र ब्लकमा नै धेरै अंक गुमाएको स्वीकार्दै उनले अभ्यासमा ध्यान दिइएको जस्तो रिसिभ हुन नसकेको बताए। अब दक्षिण एसियाली खेलकुद सागका लागि राम्रो तयारी गरेर अगाडि बढ्नुपर्ने उनको भनाई छ। 

महिला टिमको हुटिङ
अभ्यास खेलका बेला अफगानिस्तानसँगको खेलमा समेत ठूलो संख्यामा आएका दर्शकहरु समूह चरणको पहिलो खेलमा कीर्गिस्तानसँगको खेल हेर्न त अटाइनअटाई नै आएका थिए। माल्दिभ्सविरुद्धको सेमिफाइनल पुग्न महत्वपूर्ण खेलका बेला पनि दर्शकको उपस्थिति उल्लेख्य रह्यो। त्यसमा पनि विशेष नजरमा थिए, राष्ट्रिय महिला भलिबल टिमका खेलाडीहरु। 

महिला खेलाडीहरु खेल सुरु हुन दुई घण्टा अगावै कबर्ड हलमा जम्मा भइसकेका थिए। जब नेपालको खेल सुरु भयो तब उनीहरु नेपाल... नेपाल भन्दै हुटिङ गर्न सुरु गरिहाले। उनीहरुको स्वरसँगै उपस्थित सयौँ दर्शकले नेपाल नेपालमा आवाज थपे। 

अपेक्षाअनुसार खेल नहुँदा निराश हुँदै गएको कबर्ड हलमा यिनै महिला खेलाडीहरु हुन् जसले अन्तिमसम्म खेलाडीको हौसला मर्न दिएका थिएनन्। हुटिङ मात्रै होइन उनीहरु कोर्टमा रहेका खेलाडीहरुलाई कुन बेला के गर्ने भन्ने समेत चिच्याउँदै सिकाइरहेका देखिन्थे। 

बोलेर खेल, बोलेर खेल। आत्तिनु हुँदैन। रिसिभ रिसिभ। रिसिभमा ध्यान देउ। हान्यो हान्यो जस्ता शब्दमार्फत उनीहरुले दिइरहेको हुटिङ माल्दिभ्सविरुद्धको खेलमा देखिएको सकारात्मक उर्जा थियो। तर हारपछि उनीहरुको अनुहारमा छाएको निराशा पहिलेको उत्साह छोपिदिन पर्याप्त भयो।

महिला राष्ट्रिय भलिबल टिमकी खेलाडी सरस्वती चौधरी हारपछि निराश हुँदै केही बोल्न सक्ने अवस्थामा पनि थिइनन्। ‘खै खेल कस्तो पो भयो के भन्नु म त’ उनले यही प्रतिक्रिया दिएको केही समयपछि भनिन्, ‘घरेलु मैदानमा यतिका दर्शकका साथ पाउँदा पनि खेल राम्रो भएन। खै के हो के हो, नरमाइलो लाग्यो। खेलाडीहरु नै ‘होपलेस’ देखिएका थिए।’

सम्हालिन नसकेका विनोद
एभिसी एसियन सेन्ट्रल जोन भलिबलमा प्रतिस्पर्धा गर्ने नेपाली टिमबाट अन्तिम समयमा अपोजिट स्पाइकर विशाल बिकसँगै बाहिरिएका खेलाडी हुन् लिवेरोमा खेल्ने बिनोद बहादुर चन्द। 

माल्दिभ्सविरुद्धको खेल हेर्न विशाल उपस्थित नभए पनि विनोद खेल सुरु हुनै लाग्दा कर्भड हल छिरेका थिए। उनी छिर्दा बस्ने ठाउँ भरिइसकेकाले मिडियाका लागि छुट्याइएको नजिकैको खालि ठाउँमा बसेर खेल हेरिरहेका थिए। 

कोर्टमा कुनै खेलाडीले गल्ती गर्दा टाउको झुकाउने उनी कसैले राम्रो स्पाइक गर्दा खुसीले तालि बजाइरहेका थिए। गल्ती नगर्न र नआत्तिकन खेल्न हौसला दिइरहेका थिए। सेन्टरमा रिसभमा को बस्नुपर्ने र रिसभ गर्दा के गर्नुपर्ने भन्ने सिकाइरहेका थिए। तर होहल्लामा उनको आवाज भने हराइरहेको थियो। 

पहिलो सेट हार्दासम्म बिनोद उति आत्तिएका थिएनन्। नेपालले सक्छ भन्ने विश्वासमा थिए उनी। दोस्रो सेट गुमाएपछि उनले भनेका थिए, ‘किन आत्तिएको होला शान्त भएर खेले माल्दिभ्सलाई हामी पक्का जित्छौँ। रिसिभमा ध्यान दिनुपर्‍यो।’

दोस्रो सेट गुमाउँदा घटिसकेको बिनोदको उत्साह तेस्रो सेटमा पुगेर त पूरै कमजोर बन्यो। तेस्रो सेटमा नेपाल ३–१ ले पछि पर्दा शान्त बनेका बिनोद ७–२ ले पछि हुँदासम्म खेल हेरिरहेका थिए। तर जब नेपालको सर्भिस बिग्रिएर माल्दिभ्सले ८–२ ले अग्रता बनायो तब बिनोद ‘अब यसरी हुँदैन’ भन्दै बाहिरिए। 

मानबहादुरले पाएको हुटिङ 
नेपाली भलिबलमा पछिल्ला केही वर्ष आश गरिएका खेलाडी हुन् मानबहादुर श्रेष्ठ। तर उनी नेपालमा नै भइरहेको सेन्ट्रल जोन भलिबलमा भने दर्शक बस्ने ठाउँमा छन्। 

आठौँ राष्ट्रिय खेलकुदमा समेत सहभागी हुन नपाएका मानबहादुर त्रिभुवन आर्मी क्लबको आन्तरिक कारबाहीमा परेका थिए। क्लबको स्वीकृतिबिना भलिबल प्रतियोगिता खेल्न जापान गएका कारण कारबाहीमा परेका उनले राष्ट्रिय खेलकुद प्रतियोगिता मात्रै होइन घरेलु भूमिमा भइरहेको भलिबलको उत्सव सेन्ट्रल जोनमा समेत सहभागी हुन पाएनन्।

कोर्टबाहिर नै रहे पनि बुधबार माल्दिभ्सविरुद्धको तेस्रो सेट चलिरहँदा मानबहादुर एकाएक छाए। दर्शकहरु उनको नाम लिँदै हुटिङ गरिरहेका थिए। उनले बसिरहेको सिटबाट उठेर हात हल्लाउँदै नेपाली टिमको उत्साह बढाइरहँदा सारा दर्शक उनको नाममा कराइरहेका थिए। 

खेल सकिएपछि यसअघि नेपाली राष्ट्रिय टिमको प्रशिक्षक समेत रहिसकेका र नेपाली भलिबललाई सहयोग गरिरहेका पिटर भान तरेलले मानबहादुरलाई कोर्टमा खेलाडी भएका ठाउँमा लैजान खोजेका थिए तर अफिसियल र नेपाली टोलीका प्रशिक्षक अबिङले उनलाई रोकिदिए।

दर्शकमा छाएको मानबहादुरको नामको सम्मानमा पिटरले जे गर्न खोजेका थिए त्यो पूरा हुन पाएन र मानबहादुर निन्याउरो अनुहारमा कबर्ड हलबाट बाहिरिए। 

खेल सकिएपछि नेपाली टिमका कप्तान इमलाई मानबहादुरलाई दर्शकले सम्झिएको बारे प्रश्न सोध्दा उनले भने, ‘मानबहादुर भएको भए अर्कै हुन्थ्यो कि भन्नु या उनको अभाव भयो भन्नु ठिक होइन। उनको पनि पछिल्लो समयमा खेल निकै खस्किएको छ। पछिल्लो समय आर्मीसँगको खेलमा उनको भन्दा राम्रो प्रभाव राजन अधिकारीको देखिएको हो।’ 

पहिलेको राम्रो खेलाडी भएकाले दर्शकले मानबहादुरलाई सम्झिएको इमको भनाई छ। ‘पहिले राम्रो खेल देखाएकाले दर्शकले सम्झिएका होलान्। आफ्नो देशको खेल छाडेर दुई पैसाको लागि जापान खेल्न जाँदा उसले कसैसँग सल्लाह गरेको पनि होइन। देशको लागि खेल्न मन थियो र देशको माया थियो भने पहिले नै सोच्नुपर्ने थियो।’

प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६  २१:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्