लहान- जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्नो मातहतमा रहेका ७० वटा भन्दा बढी स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ।
नयाँ व्यवस्थाअनुसार स्वास्थ्य संस्थालाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरिएको कार्यालयका प्रमुख डा.चुमनलाल दासले जानकारी दिए।
जिल्लाको मिर्चैया र कर्जन्हा नगरपालिकासहित विष्णुपुर, औरही, भगवानपुर, लक्ष्मीपुर पतारी, नवराजपुर र अर्नमा गाउँपालिका क्षेत्रभित्र पर्ने स्वास्थ्य संस्थालाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरिएको उनले बताए।
कार्यालयका अनुसार हस्तान्तरण गर्न बाँकी रहेका सुखीपुर, लहान, धनगढीमाई, सिरहा तथा कल्याणपुर नगरपालिका तथा नरहा गाउँपालिका र सखुवानन्कारकट्टी गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था पनि केही दिनभित्रै हस्तान्तरण गरिने छ।
सिरहामा दुई वटा सरकारी अस्पतालसहित १ सय ४ हेल्थपोष्ट, ३ वटा शहरी क्लिनिक र एउटा सामुदायिक स्वास्थ्य इकाइ रहेको उक्त कार्यालयले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।