काठमाडौ -भारतीय विदेशमन्त्री सुस्मा स्वराजले आकस्मिक रुपमा नेपाल आउने भएकी छिन्। नेपालको राजनीतिक अवस्था भारतको प्रतिकुल हुँदै गएको भनेर टिप्पणी भइरहेका बेला उनी बिहिबार नेपाल भ्रमणमा आउन लागेकी हुन्।
भारतीय बिदेश मन्त्रालययले सोमबार बिज्ञप्ती जारी गरी उनको भ्रमणको बारेमा जानकारी दिएको हो। फेब्रुअरीमा १ मा आउने उनी भोलीपल्ट फर्कने छिन्।
कुनै एजेण्डा बिना नै उनी नेपाल आउन लागेकी हुन्। स्रोतका अनुसार सबै पार्टीका नेताहरुसँग उनको भेटघाटको कार्यक्रम छ।
नेपालमा नयाँ सरकार गठन हुन गइरहेको अवस्थामा हुन लागेको उनको उच्चस्तरको आकस्मिक भ्रमणलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ।
भरतीय बिदेश मन्त्रालयको बिज्ञप्तीमा भने दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन भ्रमण हुन लागेको उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।