• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भारतमा किन गर्दैछन् किसानले आत्महत्या? २० वर्षमा ३ लाख १८ हजारले रोजे मृत्युको बाटो

64x64
नेपाल लाइभ बुधबार, भदौ ४, २०७६  ०७:५३
1140x725

राँची- गत १० अगस्टका दिन उपराष्ट्रपति बेंकैया नायडूले 'मुख्यमन्त्री कृषि आशीर्वाद' योजनाको सुरुवात गरे। राँचीमा हरमू मैदानमा आयोजित कार्यक्रममा १३ लाख ६० हजार किसानको उपस्थिति थियो। उनीहरुका माझमा उपराष्ट्रपतिले ४४२.४८ करोड रुपैयाँ किसानका लागि वितरण हुने जानकारी गराए। करिब ३५ लाख किसानले यो योजनाबाट लाभ पाउने घोषणा उनले गरे। सबै किसानलाई प्रतिएकड ५ हजार रुपैयाँ दिने घोषणा पनि उपराष्ट्रपतिले गरेका थिए।

उपराष्ट्रपतिले घोषणा गरेको यो सुविधा पाउनेमध्ये राँचीदेखि २०७ किलोमिटरमा पर गढवा जिल्ला रक्शी गाउँका किसान शिवकुमार बैठा एक हुन्। तर उनलाई यसको कुनै पनि जानकारी थिए। उनी खेती किसानी गर्दा बैंक र साउँबाट लिएको ५ लाख ऋणबाट हैरान छन्। उनले आइतबार अगस्ट १२ को रात पत्नी बबिता र दुई छोरी तान्या र श्रेया सँगै झुन्डिएर आत्महत्या गरे। 

बितेको २० दिनमा झारखण्डमा यो तेस्रो आत्महत्याको घटना हो। जुन किसानहरुले आत्महत्या गरेका छन्, उनीहरु सबैको एउटै समस्या भनेको साहु र बैंकसँग लिएको ऋण तिर्न नसक्नु हो। यसभन्दा पहिलो गत जुलाई ३० मा गुमला जिल्लामा शिवा खडिया  नामका किसानले कर्जा तिर्न नसकेकै कारण आतमहत्या गरेका थिए। 

उनका खेतमा लगाएका ८० प्रतिशत धान बीचमै सुकेर खेर गएका थिए। शिवा खडियाका छोरा करमा खडियाका अनुसार उनीमाथि दुई छोरीको विवाहका लागि लिएको कर्जा चुक्ता गर्ने चिन्ता पहिलेदेखि नै रहेको थियो। त्यसमा खेतका धानहरु ठाडै सुकेर मरेपछि उनी आत्महत्या गर्नेतर्फ अग्रसर भएका थिए। 

त्यस्तै २७ जुलाईमा राँचीकै लखन महत्तो आफ्नै इनारमा हाम फालेर मरे। ४५ वर्षका लखन कर्जाकै चिन्ताका कारण इनारमा हाम फालेर मरेको पत्नी विमला देवीले बताइन्। मर्नुअघि उनी मानसिक रुपमा विक्षिप्त थिए। उनी पटकपटक बर्बराउन थालेका थिए।

उनले इनारमा पानी नसुकोस् भनेर १ लाख १० हजार ऋण लिएका थिए। उक्त इनार खन्नकै लागि आफूसँग भएका दुई गाईहरु ५२ हजारमा बिक्रीसमेत गरेका थिए। इनार निर्माणका लागि सरकारले दिने भनिएको अनुदान पूर्ण रुपमा भुक्तानी हुन सकेको थिएन। 

झारखण्ड कृषि बजेट २०१७–१८का अनुसार राज्यमा कुल कृषि भूमिको ८० प्रतिशत भागमा एक बाली खेती मात्र हुने गर्दछ। यसमा पनि केवल धान मात्र फल्ने गर्छ। बाँकी २० प्रतिशतमा सागसब्जी हुने गर्दछ। राज्यमा १३ प्रतिशत भूमिमा मात्र सिँचाइ सुविधा उपलब्ध रहेको  छ। तर सरकारले ३० प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याएको दाबी गर्दै आएको छ। तर यसरी सिँचाइ पुर्‍याएको सबै क्षेत्रमा खेती हुन नसकेको राज्य आफैले स्वीकार गर्दै आएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

भारतीय कृषि अनुसन्धान परिषद् प्लान्डु (राँची)  शाखाका अवकाशप्राप्त वैज्ञानिक शिवेन्द्र कुमारका अनुसार सिँचाइ र बिजुलीको उचित प्रबन्ध हुने हो भने किसानको आत्महत्या अत्य हुनेछ। ‘यहाँका किसानहरु पहिले थोरै ऋण लिने गरेका थिए,’ उनले भने, ‘तर हिजोआज किसानहरु लाखमा ऋण लिन्छन तर उत्पादनको मूल्य उचित नआउँदा मानसिक तनावमा जान्छन्।’ 

यही वर्ष १ फेब्रुअरीमा राँची जिल्लाको कुडु सब्जी मन्डीमा १० भन्दा धेरै गाउँबाट उत्पादन गरेर बिक्रीमा ल्याएको सयौं टन गोलभेँडाले उचित मूल्य नपाएको भन्दै किसानले सडकमा फालेर आन्दोलन गरेका थिए। होलेसेलमा एक रुपैयाँ प्रतिकिलो किनबेच हुन थालेपछि उनीहरुले आन्दोलन गरेका थिए। उनीहरुले गरेको लगानी उठ्नु त परको कुरा, भाडासमेत नउठ्ने अवस्था थियो।

१३३ योजना, तर हतास किसान 
डायरेक्टर एग्रिकल्चरको तथ्यांक अनुसार हालसम्म ३६ प्रतिशत मात्र खेतमा धान रोपाइँ भएको छ। कुल २२ एमएम मात्र पानी परेको छ। आठ जिल्लामा त ८ प्रतिशतभन्दा कम पानी परेको छ। यस समयमा झारखण्डमा किसानका लागि केन्द्र र राज्य गरी १३३ सरकारी योजना चालु अवस्थामा रहेका छन्। तर प्रश्न उठ्छ कि किन यति धेरै योजना चलिरहेको अवस्थामा पनि किसानहरुको आत्महत्या कम हुन सकेको छैन। 

जीन क्याम्पेन नामक संस्थाले झारखण्डको कृषि क्षेत्रमा २० वर्षभन्दा धेरै समयदेखि काम गर्दै आएको  छ। संस्थाका निर्देशक डा सुमन सहायले किसानहरुले आफ्नो जमिनको उत्पादनले अपुग भएर जंगलबाट समेत अन्न जुटाउने गरेको बताए। किसानले जंगलबाट जामुन, इमली, महुआ, कटहर जस्ता फलफूल आफूलाई आवश्यकता हुँदा लिने गरेका छन्। तर जंगलबाटै पनि यस्ता फलफूलको उत्पादन कम हुन थालेपछि उनीहरु धेरै नै हतास हुने गरेको उनको अनुभव छ। बितेका तीन वर्षमा आत्महत्याको दर बढ्दै गएको उनी बताउँछन्।

तीन वर्षमा राज्यका १२ किसानले आत्महत्या गरेका छन्। २०१७ मा धेरै किसानले आत्महत्या गरेका थिए।

एनसीआरबीको तथ्यांक अनुसार १९९५ देखि २०१५ सम्ममा भारतभर ३ लाख  १८ हजार ५२८ किसानले आत्महत्या गरेको कृषि विशेषज्ञ देविन्दर शर्माले बताए। यो तथ्यांक हेर्दा  हरेक १४ मिनेटमा एक किसानले आत्महत्या गरिरहेका छन्। २०१८ मा टिएमसी सांसद दिनेश त्रिवेदीले यो मुद्दा संसद्‌मा जोडदार उठाएका थिए। 

उनको प्रश्नपछि तत्कालीन कृषिमन्त्री राधामोहन सिंहले २०१६ देखि हालसम्म आत्महत्या गर्ने किसानको तथ्यांक सरकारसँग नभएको दाबी गरेका थिए। झारखण्डमा केन्द्रित रहेका राज्य स्तरीय बैंकर्स समितिको अन्तिम बैठकपछि जारी गरिएको तथ्यांकमा अहिलेसम्म १८ लाख किसानको किसान क्रेडिट कार्ड बनेको छ। आर्थिक वर्ष २०१८–२०१९ मा मात्र ६ लाख किसानले यसको प्रयोग गरेका छन्। बाँकी १२ लाख निष्क्रिय रहेका छन्। 

मन्त्रीको घोषणा र लोभमा फसे किसान 
गत वर्ष १२ लाख गैर–कर्जादार किसानले फसल (बाली) बिमा गराएका थिए। जबकि बैंकबाट ऋण लिएर मात्र ३.३ लाख किसानले बिमा गराएका छन्। ६ लाख किसानलाई बाली ऋण वितरण भएको थियो। 

१९ जुलाईमा दैनिक जागरणमा छापिएको एक खबर अनुसार जुन र मई महिनामा कृषिमन्त्री रणधीर सिंहले घोषणा गरेका थिए कि ‘बाली प्रिमियमको भुक्तानी सरकारले गर्नेछ।’ सरकारको उक्त घोषणापनि किसानले बाली बिमा नै गराएनन्। यदि बिमा गराएको भए त्यसको प्रिमियम भुक्तान उनीहरु आफैले गर्नुपर्ने निश्चित थियो। 

मन्त्रीले किसानसँगको भाषणमा सरकारले प्रिमियम तिर्ने घोषणा त गरे तर सम्बन्धित विभागबाट आदेश जारी गराएनन्।  यसरी मन्त्रीले  किसानलाई फसाएर आफू उम्किए। 

सरकारले कुल २७.५० लाख किसानको बाली बिमा गराउने लक्ष्य लिएको थियो। चालु आर्थिक वर्षमा ३८२४.८२ करोड रुपैयाँ यसैका लागि विनियोजन हुँदै वितरण भएको थियो। यो कुल लक्ष्यको ४६ प्रतिशत थियो।  

यस चालु आर्थिक वर्षमा कति किसानले कुनकुन शीर्षकमा आवेदन दिए र कति ऋण पाउन सफल भए, सरकारलाई हालसम्म यो जानकारी छैन। 

ठाकुरगाउँका एक किसान राजु सावले वर्षमा एक पटक यहाँका किसानले अन्न उत्पादन गर्ने र त्यसैमा निर्भर हुन बाध्य हुनुपर्ने बताए। केही क्षेत्रमा दुई बाली अन्न उत्पादन हुने गर्दछ। 'यस्तोमा एक सिजनको अन्नबाली खराब हुनुको मतलब पूरै रुपमा खतम हुनु हो,' उनी भन्छन्।

यसभन्दा पहिला सरकारले ३५० करोड रुपैयाँ सिँचाइका लागि विनियोजन गरेको थियो। चिफ सेक्रेटरी डिके तिवारीले यो बजेटले दलहन, तेलहन र काम पानी लाग्ने बालीका लागि मल र बिउ उपलब्ध हुने घोषणा गरेका थिए। 

२०१८ र २०१५ मा पनि झारखण्डका किसानले धेरै सुक्खा खेपेका छन्। २०१८ मा १८ जिल्लाका १२९ क्षेत्र सुक्खाग्रस्त क्षेत्र घोषणा भएका थिए। २०१५ मा १५.८८ लाख हेक्टर जमिनमा २५.६९ लाख मेट्रिक टन धान उत्पादन भएको थियो। तर २०१६ मा यति नै क्षेत्रमा ४९.८८ लाख मेट्रिक टन धान उत्पादन भयो। 

खेतीको क्षेत्रमा वर्षौंदेखि काम गर्दै आएका विकास भारती संस्थाका मुख्य वैज्ञानिक डा सञ्जय पाण्डेयको विचारमा किसानले आत्महत्या गर्ने क्रम सधैं उस्तै देखिँदै आएको छ। तर पछिल्लो वर्षमा वृद्धि भएको उनको विचार छ। जमिनमा सिँचाइको उचित व्यवस्था नहुनु सबैभन्दा धेरै समस्या भएको उनको भनाइ छ। 

‘किसान छन् र सरकारको योजना पनि देखिन्छ,’ उनले भने, ‘तर उत्पादन भएपछि होलसेलसम्म पुग्दा उचित मूल्य पाउँदैनन्। त्यसमा बिचौलियाहरु हाबी हुने गरेका छन्।’

यसैबीच, कृषिमन्त्री रणधीर सिंहले करोडौं रुपैयाँ घोटाला गरेको जनसभा नामक एक संगठनका इनामुल हकले आरोप लगाएका छन्। यसै संगठनका पंकज यादवले पनि मन्त्रीमाथि सिबिआईले छानबिन गर्नुपर्ने माग गरे। यो संस्थाले हाइकोर्टमा यस सम्बन्धी विवादमा सुनुवाइ माग गर्दै निवेदनसमेत दायर गरेका छन्। (*यसअघिको हेडलाइनमा भुलवश फरक अंक पर्न गएकोमा सच्याएका छौं- सं)

(द प्रिन्टका लागि आनन्द दत्ताले तयार पारेको यो फिचर दुर्गा दुलालले अनुवाद गरेका हुन्।)
 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६  ०७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्