काठमाडौँ– सरकारले प्रधानमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखदेखि स्थानीय तहका सबै पदाधिकारीको मर्यादाक्रम तोकेको हो। उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठका अनुसार राष्ट्रपतिदेखि गाउँपालिकाका वडा सदस्यसम्मका मर्यादाक्रम तोकिएको छ।
स्थानीय तहका पदाधिकारीहरुको मर्यादाक्रमको विषयलाई लिएर विवाद हुँदै आएको थियो।
स्थानीय तहमा निर्वाचित अधिकारीहरुले आफुहरुलाई कर्मचारीभन्दा तल्लो मर्यादामा राखिएको भन्दै असन्तुष्टि जनाउदै आएका थिए। गृह मन्त्रालयको प्रस्तावअनुसार मर्यादाक्रमको सरकारले टुंगो लगाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।