• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

संसद्‍सम्म पुगेको रहस्यमय गोलीकाण्ड : सेनाले मात्र बोक्ने एम-१६ र इन्सासबाट कसले हान्यो गोली?

64x64
नारायण अधिकारी सोमबार, भदौ २, २०७६  २०:०३
1140x725

काठमाडौं- गत साउन १४ गते राती सवा ८ बजे हाइड्रो इन्जिनियर डा विष्णु शर्मा नेपालको घरमा गोली चल्यो। कलंकीस्थित शर्माको घरको माथिल्लो तलाको झ्यालबाट गोली कोठाभित्र छिरेको थियो।

शर्माकै भनाई मान्ने हो भने उक्त गोली झ्यालको सिसा छेड्दै ग्रिलमा ठोक्किएर शक्तिहीन भएपछि कोठाभित्र प्रवेश गरेको थियो। जसकारण कुनै मानवीय क्षति भएन। कक्षा १२ मा अध्ययन गर्ने शर्माकी छोरी गोली चलेको बेला कोठामै थिइन्। 

गोली चलेपछि शर्माले फेसबुकमा स्ट्याटस समेत लेखेका थिए, ‘कसैले टार्गेट गरेर मार्ने उद्देश्यले नै हानेको गोली हो, यसमा कसैको दुईमत छैन। ग्रिलमा लागेर शक्ति क्षीण भैसकेपछि मात्र जाली छेड्दै घरभित्र पसेकोले मानवीय क्षति हुनबाट बालबाल बाँचियो।’

राजधानीमै गोली चलेको खबर बाहिरिएपछि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाको टोली लगत्तै घटनास्थल पुगेको थियो।

‘झ्यालको सिसा उघारेर छेस्किनी लगाएको अवस्थामा गोली सिसा छेड्दै झ्यालको चौकसमा लाग्दै कोठाभित्र छिरेको देखिन्थ्यो’ अपराध महाशाखाबाट अनुसन्धानमा खटिएका एक अधिकारी बताउँछन्।

उक्त झ्यालबाट गोलीभित्र प्रवेश गर्न शर्माकै छिमेकी शोभाकर खनालको घरबाट गोली हानेको हुनसक्ने प्रहरीले आशंका गरेको थियो। सोही राती उनको घर खानतलासी गर्दा प्रहरीले १२ बोर र २२ बोरको दुई थान राइफल र ५० थान गोली फेला पारेको थियो। छिमेकीका घरमा गोली चल्नु र खनालको घरबाट लाइसेन्सप्राप्त हतियार र गोली फेला परेपछि प्रहरीले हतियार बरामद गर्नुको साथै खनाललाई पनि पक्राउ गरेको थियो।

खनालको घरबाहेक अन्य ठाउँबाट त्यहाँ गोली पुग्न असम्भव जस्तै देखिन्थ्यो। त्यसपछि हतियार समेत फेला परेपछि 'झन् शंका बढेको’ भन्दै प्रहरीले १४ गते खनाललाई नियन्त्रणमा लिएको थियो।

तर खनालले आफूले गोली नचलाएको दाबी गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

गोली छिरेको कोठा र आरोपितको घरको दूरी १६.२३ मिटर 
शर्माले आफ्नै छिमेकी शोभाकर खनालमाथि आशंका गरेका थिए। उनीहरुबीच बारम्बार विवाद हुने गरेको थियो। साँधसिमाना, ढललगायतका विषयमा उनीहरूबीच विवाद हुँदै आएको थियो। खनालको घरबाहेक वरपरबाट उक्त घरमा गोली प्रवेश गर्न नसक्ने अनुमान गरेको प्रहरीले उनीहरुबीच विवाद हुने गरेको पाइपछि झनै शंका गरेको थियो।

छिमेकीका घरमा गोली चल्नु र खनालको घरबाट लाइसेन्सप्राप्त हतियार र गोली फेला परेपछि प्रहरीले हतियार बरामद गर्नुको साथै खनाललाई पनि पक्राउ गरेको थियो।

सो क्रममा खनालको घरबाट गोली प्रहार हुनसक्ने ठाउँ र घटनास्थलको दूरी समेत प्रहरीले नाप्दा १६.२३ मिटरको टाढा भएको पाइएको थियो। ‘यति नजिकैको दूरीबाट ४५ डिग्रीको कोणमा गोली प्रहार गरेपछि खोका भेटिएको ठाउँमा गोली पुग्न सक्छ’ अनुसन्धानमा खटिएका एक प्रहरी सुनाउँछन्।

विधि विज्ञानले भन्यो : एम-१६ र इन्सासमध्ये एकको गोली
हतियार र गोलीसहित पक्राउ परे पनि खनालले आफूले गोली नचलाएको दाबी गरेका थिए। त्यसपछि प्रहरीले खनालको घरबाट बरामद हतियार र घटनास्थमा भेटिएको गोलीको खोका समेत परीक्षण गर्न प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुसी पठाएको थियो। तर प्रहरीको अनुमानलाई फेल खुवाउँदै विधि विज्ञानले रिपोर्ट पठायो।

विधि विज्ञानले बरामद हतियारबाट गोली नचलेको पुष्टि गर्‍यो। त्यसपछि खनाललाई प्रहरीले छाडेको थियो। त्यसो भए कुन हतियारबाट चल्यो त गोली? विधि विज्ञानको रिपोर्टको सुनाउँदै अपराध महाशाखाका एसएसपी सहकुल थापा भन्छन्, ‘एम-१६ र इन्सासमध्ये एकबाट गोली चलेको रिपोर्ट आएको छ।’

सेनाले मात्रै बोक्ने हतियारबाट कसले चलायो त गोली?
विधि विज्ञान प्रयोगशालाले उक्त गोली एम-१६ र इन्सासमध्ये एकबाट चलेको हुनु पर्ने भन्दै रिपोर्ट दिएको छ। नेपालका प्रमुख तीन सुरक्षा निकायमध्ये नेपाली सेनासँग मात्रै हुने यी हतियारबाट कसले चलायो त शर्माको घरमा गोली? यो प्रश्न निकै पेचिलो बनेको छ। अहिले पनि प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ।

अमेरिकी हतियार एम-१६ राइफल उत्कृष्ट पर्सनल हतियारको रुपमा चिनिन्छ। 

विधि विज्ञानले भनेको एम-१६ हतियार एक लाख नेपाली सेनामा १५ हजार थानको हाराहारीमा मात्रै छ। अमेरिकी हतियार एम-१६ राइफल उत्कृष्ट पर्सनल हतियारको रुपमा चिनिन्छ। 

एम-१६ ए २ भर्सन हतियार ५ दशमलव ५६ क्यालिभरको राइफल हो। १०० दशमलव ६६ सेन्टिमिटर लामो एम-१६ को ब्यारेल भने ५१ सेमी हुन्छ। यो हतियारको वजन म्याग्जिन र सिललिंग बाहेक ७ दशमलव ७८ पाउन्ड अर्थात् ३ किलो ५३ ग्राम हुन्छ। ३० राउन्ड गोली क्षमता भएको म्याग्जिन लोड गर्दा यसको वजन झन्डै ४ किलो हुन्छ। 

यो हतियारको रेञ्ज क्षमता ५ सय ५० मिटर प्वाइन्ट टार्गेट हो भने ८ सय मिटरसम्म एरिया टार्गेटको रूपमा प्रयोग गर्न सकिन्छ। ३६ सय मिटरसम्म यसले मार हान्न सक्छ। ३६ सय मिटर मार हान्दा ३ गोली बराबर १ गोली टार्गेट प्वाइन्टमा लाग्ने सुरक्षाकर्मीहरुले विश्वास गर्छन्। 

यसको रेट अफ फायर भने प्रतिमिनेट ९० राउन्डसम्म हुन्छ। सेमी अटोमेटिकमा प्रतिमिनेट ४५ राउन्ड, अटोमेटिकमा ९० राउन्ड र स्टेसनमा १२ देखि १५ राउन्ड गोली प्रहार गर्न सक्ने क्षमता हुन्छ। यो हतियार आल्मोनियम र ब्यारेलभित्र क्रोमो प्लेटिङबाट बनेको हुन्छ। यस किसिमको पर्सनल अमेरिकन हतियार एम-१६ निकै शक्तिशाली मानिन्छ। 

यो हतियारको रेञ्ज क्षमता ५ सय ५० मिटर प्वाइन्ट टार्गेट हो भने ८ सय मिटरसम्म एरिया टार्गेटको रूपमा प्रयोग गर्न सकिन्छ। ३६ सय मिटरसम्म यसले मार हान्न सक्छ।

यस्तो शक्तिशाली हतियारबाट शर्माको घरमा कसले हान्यो त गोली? यसबारे शंका गर्नुपर्ने ठाउँ भएको बताउँछन् एक अनुसन्धान अधिकृत।

एम-१६ बाट त्यति नजिकैबाट गोली चलाएको त्यसको क्षति ठूलो हुनु पर्ने तर त्यहाँ सिसामात्रै फुटेकाले गोली नै चलेको हो वा होइन आशंका गर्नुपर्ने ठाउँ भएको उनको भनाइ छ। 

विधि विज्ञानले एम-१६ बाहेक ५.५६ मिमीको इन्सास राइफलबाट उक्त गोली चलेको हुनसक्ने बताएको छ। 

५ दशमलव ५६ मिमी क्यालिभर क्षमताको इन्सासको लम्बाई ११ सय १० मिमी हुन्छ। ४ सय ६४ मिमी ब्यारेल भएको यो राइफल खालीमा ३ दशमल ६ किलो हुन्छ। भरेको म्याग्जिनसहित यसको वजन ३ लशमल ९४ किलो हुन्छ। यसको रेञ्ज क्षमता ४ सय मिटर हो। यो हतियार नेपाली सेनाले २०५८ सालपछि भित्र्याएको थियो। 

ठूलो क्षति नभएकाले शोभाकरको घरबाटै गोली नचलेको निष्कर्षमा प्रहरी पुगेको छ।

यसले झनै शोभाकरको घरबाट गोली नलेको पुष्टि गरेको देखिएको अनुसन्धान अधिकृत बताउँछन्। ४/५ सयभन्दा बढी टाढासम्म मार हान्न सक्ने क्षमता भएको अवस्थामा १६.२३ मिटर नजिकैबाट गोली प्रहार भएको यसको क्षति ठूलो हुन्थ्यो। शोभाकरले आफ्नो हतियारबाट गोली प्रहार नगरी कुनै सेनाको हतियार प्रयोग गरेर गोली गोली प्रहार गरेको आशंका गरिए पनि कुनै ठूलो क्षति नभएकाले शोभाकरको घरबाटै गोली नचलेको निष्कर्षमा प्रहरी पुगेको छ।

संसदमा समेत कुरा उठ्यो, तर घटना नै रहस्य
राजधानीमै गोली पड्किनु तर घटनाको यर्थाय अझै बाहिर आउन नसकेको भन्दै संसदमा समेत यसबारे कुरा उठेको थियो। साउन २१ गते प्रतिनिधिसभा सदस्य सांसद नारायणप्रसाद मरासिनीले यसबारे संसदको ध्यानाकषर्ण गराएका थिए। 

‘काठमाडौंको कलंकी जस्तो ठाउँमा गोली चलेको नौ-नौ दिन भइसक्यो रिजल्ट आउँदैन। प्रहरीले खाली पख्नुस् मात्रै भनिदिने? अब सांसद, मन्त्री र प्रधानमन्त्रीकोमा नधाउन्जेल न्याय नपाइने नै हो त?’ सांसद मरासिनीले भनेका थिए।

यसको २ दिनपछि साउन २३ गते कलंकी क्षेत्रकी प्रतिनिधिसभा सदस्य सांसद बिनाकुमारी श्रेष्ठले पनि संसदको शून्य समयमा यसबारे छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग राखेकी थिइन्।

सडकदेखि संसदसम्म पुगेको यो गोलीकाण्ड भने अझै रहस्यमय नै छ। गोली चलेको भन्नु तर वरपर सोधपुछ गर्ला भने कसैले पनि आवाज नसुन्ने, सेनासँग मात्रै हुने हतियारबाट गोली चलेको रिपोर्ट आउनु, वरपर सेनाको ब्यारेक नहुनु, ठूलो क्षति हुनसक्ने हतियारबाट गोली चलेको रिपोर्ट आए पनि क्षति न्यून हुनुले घटना झनै रहस्यमय भएको प्रहरीले जनाएको छ।

गोली चलेको हो वा होइन भन्ने समेत आशंका गर्नुपर्ने अवस्था आएको अनुसन्धानमा खटिएका अधिकारी बताउँछन्।

प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ प्रहरीका अनुसार बिहीबार करिब ५ बजे ब्रम्हनगरस्थित शाहको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रु... बिहीबार, भदौ २५, २०८३
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्