पेरिस, लगातारको बर्षाका कारण फ्रान्सको राजधानी पेरिस हुँदै बग्ने सेन नदीमा आइतबार पानीको सतह बढेपछि सो आसपासका बस्ती खाली गरिएको छ। राजधानी पेरिससँगै ल्लेडी फ्रान्सलगायतका क्षेत्रमा बसोबास गरिरहेका १ हजार ५ सय भन्दा बढि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। नदीमा पानीको सतहले खतराको तह छोएपछि पेरिसमा उच्च सतर्कता अपनाइएको हो।

‘नदीमा पानीको सतह उच्च बिन्दुमा पुगेपछि पेरिस आसपासका २ सय ४० जनालाई उच्च सतर्कता अपनाउन भनिएको छ।’,पेरिस प्रहरीका प्रमुख मिचेल डेलपुचले भने,‘करिव १ हजार ५ सयभन्दा बढिलाई सुरक्षित स्थानमा सारिएको छ।’ प्रहरी प्रमुख डेलपुचले पानीको सतह अझै बढ्न सक्ने हुँदा आगामि समयमा निम्तिन सक्ने खतराका लागि आफुहरु सचेत रहेको बताए।
स्थानीय समयअनुसार आइतबार दिउसो ३ बजे ५.८१ मिटर रहेको पानीको सतह सोमबार बिहानसम्म बढेर ६ मिटर पार गर्ने प्रहरीले संकेत गरेको छ।

यसअघि बाढीका बारण सन् २०१६ मा खतराको तह पार गर्दै नदीमा पानीको मात्रा ६.१ मिटर सम्म पुगेको थियो। सो घटनामा परि ६ जना मानिसको मृत्यु भएको थियो।
सोमबार अपरान्हसम्म लगातार बर्षा हुने भन्दै फ्रान्सको मौसम विभागले नदीहरुमा बाढी आउनसक्ने भएका कारण नदी आसपासमा ८ जिल्लामा सबैलाई सुरक्षित रहन सचेत गराएको छ।

सेन नदीमा पानीको सतह बढेर पेरिसको लोभर म्युजियम तथा इस्लामिक आर्ट भवनको तल्लो सतह डुबाइसकेको जनाइएको छ। प्रसिद्ध इफेल टावर, नोटर डम क्याथर्डल तथा भर्साइलेसमा सवारीका लागि नदीमा चल्ने कम्पटरलाई समेत यात्रु ओसार्न प्रतिबन्ध लगाइएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।