हेलसिन्की, मतगणना कार्य अन्तिमा चरणमा रहँदा फिनल्याण्डका वर्तमान राष्ट्रपति साउली निनिस्टो पुनः राष्ट्रपति पदमा निर्वाचित भएका छन्।
आइतबार भएको राष्ट्रपतिय निवार्चनको ९८ प्रतिशत मत गनिसक्दा निनिस्टोले ६२ प्रतिशत मत प्राप्त गरिसकेका छन्।
निवार्चित भएपछि पत्रकारहरुसँग प्रारम्भिक प्रतिक्रिया दिँदै ६९ वर्षिय निनिस्टोले प्राप्त मत परिमाणबाट आफु अचम्ममा परेको बताए। उनले भने,‘मबाट आम जनता सन्तुष्ट रहेको विश्वास भयो।’
उनका निकटतम प्रतिद्वन्दी ग्रीन पार्टीका पेका हाभिस्टोले १२.४ प्रतिशत मात्रै मत पाएका छन्।
निर्वाचित भएसँगै निनिस्टोे सन् २०२४ सम्म फिनल्याण्डको राष्ट्रपति पदमा रहने पक्का भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।