कायरो (एजेन्सी)– इजिप्टमा घुम्न गएका व्यक्तिहरू त्यतिबेला अचम्मित भए,जब उनीहरूले एकैसाथ विश्वको सबैभन्दा अग्लो पुरुष र सानो महिलालाई देखे। टर्की निवासी सुल्तान कोसिन (८ फिट ९ इन्च अग्ला) र भारतकी ज्योति अमगे (उचाइ २ फिट ६ इन्च) एकसाथ इजिप्ट थिए।
विदेशी मिडियाका अनुसार ३६ वर्षीय कोसिन र २५ वर्षीय अमगेको भेट गिजा शहरमा भएको थियो। दुवैलाई इजिप्टको पर्यटन विकाशका लागि विशेष निम्तो दिइएको थियो। फोटोको विशेषता यस्तो थियो, दुवै एउटै फ्रेममा अटाएका थिए। फोटोलाई हजारौंले रि–ट्विट गरिसकेका छन्।

कोसिनलाई सन् २००९ मा विश्वको सबैभन्दा अग्लो पुरुष घोषित गरिएको थियो। उनी विश्वका यस्ता व्यक्ति हुन्, जो ८ फिटभन्दा माथि हुने विश्वका १० व्यक्तिमा पर्छन्। यस्तै, अमगेको लम्बाइ दुई वर्षको बच्चा बराबर छ। उनी यसअघि ‘बिग बस’ र अमेरिकन हरर स्टोरी जस्ता प्रसिद्ध टिभी सोमा देखा परिसकेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।