एडेन- यमनको बन्दरगाह शहरमा सरकारी सेना र दक्षिणी सङ्क्रमणकालिन परिषद् सम्बद्ध शक्तिबीच आइतबार भएका शसस्त्र झडपहरुमा परी दुवै पक्षका गरी कम्तिमा १५ जनाको मृत्यु भएको छ।
मृतकमध्ये तीन जना सामान्य नागरिक परेका यमन प्रहरीले जनाएको छ। घटनामा दर्जनौँ घाइते भएका बताइएको छ।
विद्रोहीले आह्वान गरेको ‘शान्तिपूर्ण प्रदर्शन’मा रोक लगाउन सरकारले गरेको कडा निर्देशनलाई पालना नगरेपछि साउदी अरब गठबन्धन अन्तर्गतको सरकारी सेना र विद्रोहीबीच खोरमास्कर क्षेत्रमा झडप भएका थियो।
घण्टौँ लामो शसस्त्र झडपपछि एडेनलाई विद्रोहीले कब्जामा लिएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।