काठमाडौं- प्रदेश नम्बर २ बाट राष्ट्रियसभा सदस्यका सबै आठ जना प्रत्यासी निर्विरोध निर्वाचित भएका छन्।
अन्य समूहबाट उम्मेदवारी दिएका समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसैनले आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उक्त प्रदेशका आठ जना सांसद नै निर्विरोध निर्वाचित भएका हुन्।
यसअघि राष्ट्रियसभाका लागि प्रदेश नम्बर २ बाट अन्य समूहबाट नेपाली कांग्रेसका जितेन्द्र देव, राजपाका रमेशप्रसाद यादव तथा एमालेका सुमनराज प्याकुरेल निर्वाचित भएका थिए। यस्तै, महिला क्लस्टरमा माओवादी केन्द्रकी शशिकला दाहाल, नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव तथा संघीय समाजवादी फोरमकी प्रमिला कुमारी निर्विरोध निर्वाचित भइसकेकी छिन्।
अल्पसंख्यक र अपांग क्लस्टरमा राजपाका वृषेशचन्द्र लाल तथा दलित क्लस्टरमा संघीय समाजवादी फोरमका रामप्रित पासमान निर्विरोध भइसकेका छन्।
प्रमुख निर्वाचन अधिकृत रामकृष्ण उप्रेतीले निर्विरोध निर्वाचित उम्मेदवारहरुको नाम सोमबार सूचना टाँस गरिने भए पनि निर्वाचन तालिका अनुसार आठ वटै सांसदलाई माघ २४ गते मात्र प्रमाणपत्र दिइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।