सुर्खेत– प्रदेश नम्बर ६ को पहिलो संसद् बैठक माघ २१ गते बस्ने भएको छ। प्रदेश प्रमुख दुर्गाकेशर खनालले आइतबार सर्वदलीय बैठक राखेर संसद् बैठकको मिति टुंगो लगाएका हुन्।
पहिलो प्रदेशसभा बैठक सिँचाइ डिभिजन कार्यालयको सभाहलमा राखिने भएको छ। प्रस्तावित संसद् भवन शैक्षिक तालिम केन्द्रको सभाहलमा आवश्यक पूर्वाधार तयार नभइसकेकाले सिँचाइ डिभिजनमा बैठक राख्न लागिएको प्रमुख खनालले जानकारी दिए।
प्राविधिक विशेषज्ञहरुले प्रस्तावित सभाहल पूर्णरुपमा तयार हुन अझै एकदेखि डेढ महिनासम्म लाग्ने बताइएको छ।
प्रदेश ६ मा ४० जना सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।