मेक्सिको, मेक्सिकोमा घरमै फुटबल खेल हेरिरहेका व्यक्तिलाई लक्षित गरी गोली प्रहार हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ। अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार यो घटना अघिल्लो वर्ष २५ हजार जनाको हत्यापछिको पहिलो हो।
टोपी लगाएका कम्तीमा चार जना बन्दुकधारी फुटबल हेरिरहेको एक घरभित्र छिरेर गोली हानेका थिए। फुटबल हेरिरहेका २० जनालाई उनीहरुले मार्ने चेतावनी दिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।
हालसम्म कुन समूहले घटना गराएको हो भन्नेमा केहि खुलेको छैन। प्रहरीले भने घटनामा लागुऔषधको कारोवार गर्नेको संलग्नता रहेको हुनसक्ने अनुमान गरेको छ।
पछिल्ला वर्षहरुमा मेक्सिको सिटीमाजस्तै मोन्टेरियामा पनि लागुऔषधजन्य हिंसाका घटनाहरु बढ्दै गइरहेको पाइएको छ। सन् २००६ मा सरकारले लागुऔषध विरुद्धको विवादास्पद सैन्य कारवाही चलाएको थियो। तर पनि हिंसाको अन्त्य हुन सकेको छैन।
देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने औद्योगिक क्षेत्रको रुपमा रहेको मोन्टेरिया लगायतका नगरहरुमा गत वर्ष भएका हिंसामा २५ हजार जनाको मृत्यु भएको थियो।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।