काठमाडौं- अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा आज निधन भएको छ। काठमाडौंको डल्लुस्थित आफ्नै निवासमा आज बिहान उनको निधन भएको हो। उनी दमको रोगबाट पीडित थिइन्।
करिब चार दशकदेखि कला क्षेत्रमा सक्रिय उनले चिनो, कन्यादान, भाउजू लगायत फिल्ममा अभिनय गरेकी थिइन्। नाटक र टेलिफिल्ममा पनि उनले अभिनय गरेकी थिइन्। उनका एक छोरा र एक छोरी छन्।
उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।