रियाद- भ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरेबियाका राजकुमार थुनामुक्त भएका छन्।
गत वर्षको नोभेम्बर महिनामा साउदी अरेबियाका युवराज मोहमद बिन सलमानले सुरु गरेको भ्रष्टाचारीहरुको कारबाहीको क्रममा पक्राउ गरिएका अर्बपति राजकुमार अल-वालिद बिन तलाल थुनामुक्त भएका हुन्।
अर्बपति राजकुमार तलालसँगै त्यस समयमा पक्राउ परेका केही शक्तिशाली व्यक्तिहरू थुनामुक्त भइरहेका रियादबाट प्राप्त समाचारमा जनाइएको छ। उनीहरुमाथिका अभियोगको छानबिन गरी कतिपय व्यक्तिको आरोप प्रमाणित नभएको त कतिपय धरौटीमा छुटेको बताइएको छ।
राजकुमार तलाललाई पक्राउ गरी रियादको एक सुविधासम्पन्न होटलमा थुनामा राखिएको थियो। उनीमाथिको अभियोग प्रमाणित नभएको भन्दै मुक्त गरिएको हो। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।