• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ४, २०८३ Thu, Aug 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

धुर्मुससँग ओली संवाद : 'सक्कली ओली भन्छन्- 'धुर्मुसेले बेलाबेला मेरो हुर्मत लिन्छ'

64x64
नेपाल लाइभ शुक्रबार, साउन ३१, २०७६  ११:०५
1140x725

हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले लामो समयदेखि पर्दामा प्रधानमन्त्री केपी ओलीको क्यारिकेचर गरी दर्शक हसाउँदै आइरहेका छन्। ओलीको भूमिका निर्वाह गर्दाको उनको अनुभव कस्तो होला? उनको नजरमा ओली कस्ता नेता हुन्? गाईजात्राको अवसरमा अनिल यादवले उनीसँग गरेको संवाद: 

तपाईंको नजरमा केपी ओली कस्ता नेता हुन्?
म उहाँलाई एकदमै रमाइला, जोसिला र केही गरौं भन्ने आत्मबल भएका नेता मान्छु। 

उनको भाषण शैली तपाईंलाई कस्तो लाग्छ?
साह्रै रमाइलो। बीचबीचमा फाट्टफुट्ट निस्कने उखान शैली खुब मन पर्छ। म उहाँले बोल्ने उखान टुक्काको त गज्जब फ्यान हुँ। ती उखान टुक्का हामी कमेडियनहरुलाई बेलाबेलामा मसला र खुराक बन्छ। 

पर्दामा केपी ओली बन्न कति सहज भयो तपाईंलाई?
त्यति गाह्रो भएन। २०६६ सालमा म र केदार घिमिरे भएर ‘सम्धिज्यू’ टेलिफिल्ममा बनाएका थियौं। त्यतिबेला मैले एउटा वडाध्यक्षको क्यारेक्टर निर्वाह गरेको थिएँ। त्यो क्यारेक्टरको हाउभाउ, बोलीचाली ठ्याक्कै केपी ओलीसँग मिलाएको थिएँ। बोलीचाली र हाउभाउ पहिल्यै गरेको भएर पछि नक्कली केपी बन्न गाह्रो भएन। गेटअप गरिसकेपछि बोलीचाली र हाउभाउमा सहज भयो। बरु संवादमा पन्च दिनचाहिँ गाह्रो हुन्थ्यो। किनकि उहाँको संवादमा पन्च दिने शैली बडो गज्जब थियो।  

नक्कली केपी बन्दा सक्कली केपीको प्रतिक्रिया कस्तो आउँछ?
‘धुर्मुसेले बेलाबेलामा मेरो हुर्मत लिन्छ’ भन्छन् (हाँस्दै)। 

पहिलोपल्ट उहाँसँग कहिले कसरी भेट भयो?

२०६६ सालमै गाईजात्राको दिन हामीले ‘ग्रहशान्ति’ शीर्षकमा प्रहसन गरेका थियौँ। त्यतिबेला मैले उहाँकै क्यारेक्टर निर्वाह गरेको थिएँ। उहाँ त्यतिबेला प्रहसन हेर्न प्रज्ञा प्रतिष्ठान आउनुभएको थियो। एकदमै मन पराउनुभएछ। त्यो दिन प्रत्यक्ष कुराकानी हुन पाएन तर त्यसको भोलिपल्टै उहाँको स्वकीय सचिवको फोन आयो। ‘एकपल्ट भेट्न बोलाउनभएको छ, घरमा आउनु रे’ भन्ने कुरा आयो।

भेट्न जानुभयो?
म र सुन्तली गयौं। उहाँ त नडराई बोल्ने मान्छे, थर्काउनलाई पो बोलाएको हो कि भनेर मनमा डर थियो। बालकोटस्थित उहाँको घर पुग्दा ठूलो भिड थियो। आधा घन्टा कुरिसकेपछि माथिबाट आवाज सुनियो, ‘मितज्यू आउनुभा’छ भन्ने सुनियो, कता हुनुहुन्छ, खोइ?’ त्यसपछि हल्का डर कम भयो।

रमाइलै हुनुहुँदो रै'छ। एकदमै राम्रो संवाद भयो। अभिनयको तारिफ गर्नुभयो। भन्नुभयो, ‘तपाईंको कार्यक्रम हेरेँ, खुसी लाग्यो। अहिलेसम्म मेरो क्यारिकेचर कसैले गरेको देख्या थिइनँ, तपाईं एउटा निस्किनुभएछ।’ जे होस्, सुन्तली नानीको हिरोले क्यारिकेचर गर्‍यो भन्दै ठट्टा गर्नुभएको थियो। त्यतिमात्रै होइन, उहाँले त ‘म पनि फेरि कलाकार हो, ख्याल गर्नु है’ पनि भन्नुभयो । मैले ‘हो र’ आश्चर्य प्रकट गरेपछि आफ्नो संगीत कोठातिर लानुभयो र ठट्यौली शैलीमा भन्नुभयो, ‘हो नि, म त बबालै कलाकार हो नि।’ संगीत कोठामा बाजागाजा रै'छ। बाजागाजा देखाउँदै ‘मादल पनि बजाउँछु’ भन्नुभयो।

nimb
nimb
Ncell 2
Ncell 2

मैले ‘मादल पनि?’ भनेर आश्चर्यभाव प्रकट गरे। सोधेँ। त्यसपछि एकछिन मौन हेर्दैै जवाफ फर्काउनुभयो, ‘बबालै बजाउँछु नि।’ जे होस्, खुब कमेडी शैलीमा प्रस्तुत हुनुभयो। रमाइलो लाग्यो। खुसी लाग्यो। त्यसपछि उहाँको क्यारिकेचरलाई निरन्तरता दिन मलाई झन् सहज भयो। 

उहाँसँग अहिले तपाईंको सम्बन्ध कस्तो छ? 
सम्बन्ध ठिकै छ, राम्रै छ। 

उहाँका असल पक्ष के लाग्छन्?
जे पनि गर्न सक्छु भन्ने जोस र आफू अस्वस्थ हुँदाहुँदै पनि निरोगी महसुस गरेर अगाडि बढ्ने संकल्प उहाँको सबैभन्दा असल पक्ष लाग्छ।

अनि, खराब पक्ष नि?
ख्यालै नगरी जे पनि गर्छु भनेर बोल्ने। महत्वाकांक्षी सपनाहरु बाँड्ने तर योजनाहरु कार्यान्वयन हुन्छ कि हुँदैन भनेर ख्याल नगर्ने। 

मान्छेहरुले सक्कली केपीको आलोचना गर्दा, कुरा काट्दा तपाईं नक्कली केपीलाई कस्तो महसुस हुन्छ?
कस्तो पनि लाग्दैन। आफू पनि कहिलेकाहीँ भुंग्रोमा परिरहिन्छ।अरुको कुरा काट्ने र आलोचना गर्ने त हाम्रो पौराणिक संस्कार बनिसक्यो। यसलाई गाईजात्राको रुपमा लिनुपर्छ।

पारिवारिक सम्बन्ध छ भन्ने सुनिन्छ नि?
धेरै समय भयो भेट भएको छैन। सामाजिक काममा निरन्तर अघि बढेका छौं। काम नपरी भेट्ने कुरा पनि भएन। ठिकै छ। 

उहाँबारे तपाईंलाई थाहा भएको कुनै गोप्य कुरा? 
अरुचाहिँ सबै थाहा छ तर गोप्यचाहिँ केही थाहा छैन हौ (हाँस्दै)। 

पछिल्लो समय कमेडियनले नेताको काम गरे, नेताले कमेडियनको भन्दै सामाजिक सञ्जालमा खुब ट्रोल र टिप्पणीहरु बन्ने गरेका छन्। यसमा तपाईंको धारणा?
जसले गरे पनि राष्ट्रकै लागि काम गर्ने हो। म चाहिँ जिम्मेवार नागरिकको काम गर्दै अघि बढ्न खोजिरहेको एउटा अभियन्ता हो, सेवक हो। खासमा नेताले जनतामुखी भएर काम गर्दिएदेखि हामीजस्ता अभियन्ताले काम गर्नै पर्दैन नि! नगरेकै भएर त हामी अघि बढ्नपर्‍या हो। नत्र त हामी जुन पेसा गरिरहेका छौं, त्यही पेसामा मात्र बफादार भएर लाग्दा पुगिहाल्थ्यो। 

प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  ११:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ?
१० भदौमा संसद्‌मा जवाफ दिँदै प्रधानमन्त्री बालेन्द्र शाह, दोस्रोपटक जवाफ दिन लागेका प्रधानमन्त्रीको उपस्थिति विवादरहित होला त?
चोरीका गरगहनासहित ६ जना पक्राउ, सुनचाँदी पसल सञ्चालक पनि नियन्त्रणमा
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
१० भदौमा संसद्‌मा जवाफ दिँदै प्रधानमन्त्री बालेन्द्र शाह, दोस्रोपटक जवाफ दिन लागेका प्रधानमन्त्रीको उपस्थिति विवादरहित होला त? बिहीबार, भदौ ४, २०८३
चोरीका गरगहनासहित ६ जना पक्राउ, सुनचाँदी पसल सञ्चालक पनि नियन्त्रणमा बिहीबार, भदौ ४, २०८३
शिक्षा संवादमा सहभागी हुन शिक्षामन्त्री पोखरेल शुक्रबार धनगढी जाने बिहीबार, भदौ ४, २०८३
पीपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
नेपाल सरकारका सचिवहरुको बैठकले के गर्यो निर्णय ? बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्