काठमाडौं- भारतीय सिनेमाका दिग्गज संगीतकार मोहम्मद जहूर खय्यामको स्वास्थ्य अवस्थामा केहीदिन यता समस्या आएको छ।
फोक्सोको संक्रमणको कारण उनलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। गत हप्तादेखि उनी अस्पतालमा भर्ना भई आइसियुमा उपचाररत छन्।
९२ वर्षीय खय्यामको आइतबार मुब्बईको सुरज अस्पतालमा भर्ना गरिएको थियो।
खय्यामले आफ्नो सांगीतिक करिअरको सुरुवात लुधियानामा १९४३ मा १७ वर्षको उमेरबाट सुरु गरेका थिए। १९५३ मा फिल्म 'फुटपाथ'बाट उनले बलिउड करिअरको सुरुवात गरेका थिए।
१९६१मा रिलिज भएका फिल्म 'शोला र सबनम' मा गरेको संगीतले उनको पहिचान चुलिएको थियो। उनले बलिउड चर्चित फिल्महरूमा संगीत दिइसकेका छन्।
उनी २००७ मा संगीत नाटक एकेडेमी अवार्ड र २०११ मा पद्म भूषण जस्तो सम्मानबाट सम्मानित समेत भए। उनले विभिन्न नेसनल अवार्ड समेत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।