काठमाडौं– प्रहरी इन्काउन्टरमा मारिए भनिएका फरार कैदी टिकाबादुर थापा मगर ‘टिके डाँका’ अस्पताल पु¥याउदा चिकित्सकले जिवीत नै रहेको बताएपछि प्रहरी चकित भएका छन्।
प्रहरी गोली लागेर ढलेका मगरको मृत्यु भएको भनेर प्रहरीले माथिल्लो निकायमा रिपोर्टिङ गरेको थियो। तर, चिकित्सकले उनी जिवित नै रहेको घोषणा गर्दैै थप उपचारका लागि काठमाडौं रिफर गरेका छन्।
गत माघ ४ गते डिल्लिबजार जेलबाट भागेका मगरलाई खोज्दै महानगरीय अपराध महाशाखाबाट खटिएको टोली चितवन पुगेको थियो। चितवनको रामनगरमा पक्राउ गर्न खोज्ने क्रममा उनका साथीले प्रहरीलाई फायरीङ गरेका थिए। प्रहरीले जवाफी फायर गर्दा उनी ढलेका थिए।
‘सुरुमा उनको मृत्यु भएको भन्ने आएको थियो,’ महानगरीय अपराध महाशाखाका दिवेश लोहनीले भने‘उद्धार गरी अस्पताल पु¥याउदा उनी जिवित नै रहेको खुलेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।