वासिङ्टन- अमेरिकी राष्ट्रति ट्रम्पले अमेरिकाको आगामी वर्षको रक्षा बजेटमा वृद्धि गर्ने भएका छन्।
ट्रम्पले सन् २०१९ का लागि ७ सय १६ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्ताव गरेको रक्षा अधिकारीहरुले जनाएका छन्। सो बजेट कंग्रेसले पारित गर्नुपर्नेछ।
अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी पत्रिका वासिङ्टन पोष्टले जनाए अनुसार सो बजेट यदि पारित भयो भने यस वर्षको अर्थात् सन् २०१८ को भन्दा कम्तीमा पनि ७ प्रतिशतले बढी हुनेछ।
राष्ट्रपति ट्रम्पको सो आग्रहलाई अमेरिकी रक्षा मन्त्रालयले मनन गरिरहेको बताइएको छ। सो प्रस्ताव अनुसार नै बजेट निर्माण भएर कंग्रेसले पारित गरेमा अघिल्ला वर्षहरुको तुलनामा निकै धेरै बजेट बढ्ने अनुमान गरिएको छ।
सो बजेट अमेरिकी नेतृत्वमा हाल जारी रहेका युद्धहरुका साथै अमेरिकी अस्त्र गृह निर्माणका लागि आवश्यक रहेको भन्दै ट्रम्पले प्रस्ताव गरेका हुन्। अमेरिकी रक्षामन्त्री जिम म्याटिसले गत हप्ता सुरक्षा रणनीति प्रस्तुत गर्ने क्रममा प्रस्ताव गरे अनुसार बजेट बढाइन लागेको अनुमान गरिएको छ। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।