सिजीका उत्कृष्ट डिलरलाई स्विजरल्यान्ड र पेरिस भ्रमणको अवसर

नेपाल लाइभ | २०७६ श्रावण ३० बिहीबार | Thursday, August 15, 2019 ०८:१९:०० मा प्रकाशित

काठमाडौं- इलेक्ट्रोनिक्स ब्राण्ड सिजीको तर्फबाट आर्थिक वर्ष २०७५/७६ मा उत्कृष्ट बिक्री लक्ष्य पूरा गर्न सफल ३६ डिलरका प्रतिनिधिलाई बुधबार स्विजरल्यान्ड र पेरिस भ्रमण पठाइएको छ।

त्रिभुवन विमानस्थलमा सिजीका भिपी तथा सिजी ब्राण्डका सेल्स हेडबाट टोलीको बिदाइ गरियो। एक साताको उक्त भ्रमणमा नेपालभरका डिलरहरुको सहभागिता रहेको छ।

आफ्ना डिलरहरु बीच गहिरो व्यापारिक सम्बन्ध कायम गर्ने उद्देश्यले उक्त भ्रमणको आयोजना गरिएको सिजीले जनाएको छ।