• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अमेरिकामा नेपाली - देश अनुसार भेष गर्न नसक्दा दुःखी आत्मा!

64x64
नेपाल लाइभ आइतबार, माघ १४, २०७४  ०४:४३
1140x725

प्रसंग १ : नेपाल सरकारको शाखा अधिकृत रहेका एक व्यक्तिलाई डिभी चिट्ठा पर्‍यो। उनी दुई वर्षअघि खुसीसाथ सपरिवार अमेरिका आए। अमेरिका टेक्नेबित्तिकै सीधै सरकारी सेवामा प्रवेश पाइने भ्रममा रहेका ती व्यक्तिको आशामा जब तुषारापात भयो, त्यो दिनदेखि उनी अमेरिकी सरकारलाई संसारकै सबैभन्दा बेइमान सरकारको उपमा दिन्छन्।

नौलो मान्छे भेट्नेबित्तिकै नेपालको सरकारी सेवामा रहँदा टिप्पणी उठाएकोदेखि कार्यालय समयमा दिनभरि घाम तापेर बसेको सगर्व सुनाउनु उनको विशेषता हो। उनलाई आफ्नो बकम्फुसे गफ सुन्ने कसैलाई समय र चासो छ, छैन भन्ने मेसो नभएको हो भएर पनि बुझपचाएका हुन्, त्यो अरुलाई थाहा हुने कुरै भएन। उनको यस्तो प्रवृत्तिका कारण मान्छेहरु उनलाई देख्नेबित्तिकै टाढैबाट तर्किने गरेका छन्। यसमा उनलाई केही हेक्का नै छैन।

प्रसंग २ : एमालेको विद्यार्थी संगठनबाट राजनीति (?) गरेको दाबी गर्ने एक व्यक्ति पर्यटक भीसामा अमेरिका आएर लुकेर बसेका छन्। आफूलाई माओवादीले नेपालमा टिक्न नदिएर अमेरिका आउनुपरेको उनको दाबी नै विश्वास गर्न लायक छैन। किनकि नेपालबाट लुक्दै र भाग्दै अमेरिका आउनु भनेको असम्भव र असाध्यै जोखिमको काम हो।

उनी आबद्ध पार्टी र माओवादी मिलेर चुनाव लड्ने र लगभग दुवै पार्टी एकता नजिक पुगेको अवस्थामा फर्केर नेपाल जाँदा उनलाई ज्यानको जोखिम हुनु नपर्ने हो। कम्युनिस्टको 'क' सम्म सुन्न नचाहने र गैरकानुनी मानिने अमेरिकामा कसैले आफूलाई म कम्युनिस्ट हुँ भन्छ भने त्यो आत्मघाती मात्र हुन्छ। किनकि हामी नेपालबाट आउँदा भीसा लिने क्रममै फारम भर्दा 'म आजसम्म कुनै पनि कम्युनिस्ट पार्टीको सदस्य बनेको छैन र पार्टीलाई चन्दा पनि दिएको छैन' भनेर लेखेको ठाउँमा टिक लगाएर आउनुपर्छ।

अर्को उदेकलाग्दो कुरा, नेपालमा रहुन्जेल 'अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद मूर्दावाद'को नारा लगाएका यी कथित विद्यार्थी नेता त्यही साम्राज्यवादी मुलुकमा आएर विस्तारवादी भारतीय मूलको व्यापारीको लुगा धुने ठाउँमा मजदुरी गरिरहेका छन्। उनलाई यस्तो कुरा बतायो भने पहिलेका कुरा सबै बिर्सिसकेको तर्क भन्दै आफ्नो बचाउ गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रसंग ३ : दुईवर्षे मास्टर्सको पढाइ ब्याक पेपर दिँदै पाँच वर्षमा पूरा गरेर इतिहासमा डिग्री गरेका र काठमाडौंको सामान्य प्लस टुमा पढाएका एक व्यक्तिलाई अमेरिकाको कलेजमा अध्यापन गर्न नपाएकोमा निकै ठूलो चित्त दुखाइ छ। हुन त यो चित्त दुखाइ उनको व्यक्तिगत मामिला हो र उनी दिनभरि चित्त दुखाएर बस्न पनि स्वतन्त्र छन्। उनले हासिल गरेजति शैक्षिक योग्यता यहाँ औंठाछाप जत्तिकै हो। आफूमा भएको ज्ञान त कसैले खोस्न सक्ने कुरा होइन। तर, उनले यताको कलेजमा त के प्राइमरी स्कुलमा समेत पढाउन पाउँदैनन्। उनी यो वास्तविकता स्विकार्न तयार छैनन्। स्विकार्न नसक्नु भनेको आफैं दु:खी हुनु मात्र हो।

यी माथिका तीन प्रसंगले के प्रस्ट हुन्छ भने, धेरैजसो व्यक्तिहरु अमेरिका आउँदा सही जानकारी लिँदैनन् वा जानकारी हुँदाहुँदै पनि अति आत्मविश्वासका कारण कुनै पूर्वतयारीबिना नै आउँछन्। कुनै पनि देशमा बसोबास गर्ने तयारीमा रहेको मानिसले त्यस देशको नियम र काइदा-कानुन बुझ्नुपर्छ। देश अनुसारको भेष गर्नुपर्छ।

तर, हामी अधिकांश नेपालीको साझा समस्या के हो भने, हामी आफ्नै मूल्यांकन र बुझाइलाई मात्र सही सम्झन्छौं। त्यसैलाई मात्र लिएर अगाडि बढ्न खोज्छौं। यो व्यावहारिक होइन। अव्यावहारिक कार्यशैली अँगालेर जीवनमा सफल हुन सकिन्न।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अमेरिका आउँदा सबैले पूर्वतयारी गरेर र कुनै सीप सिकेर आउँदा राम्रो हुन्छ। म नेपालमा यस्तो थिएँ र उस्तो थिएँ भनेर बडप्पन साबित गर्नुको यहाँ कुनै तुक हुँदैन। आफूमा भएको ज्ञान कसैले चोरेर लैजाने कुरा भएन र क्षमता भएको मान्छे यहाँ रंकबाट राजा बन्न अर्थात् छिटै प्रगति गर्न सक्छ।

अवसर नै अवसरको खानी भएको यो देशमा आएर यहाँको नियम-कानुनको बर्खिलाप नगरी सबैले आफूलाई अब्बल प्रमाणित गर्न सक्छन्। तर, यसका लागि हात नै चल्नुपर्छ, मुख मात्र चलेर केही हुँदैन।

प्रकाशित मिति: आइतबार, माघ १४, २०७४  ०४:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट
‘विश्व औपचारिक समूहभन्दा परिणाममुखी सहकारितातर्फ जाँदैछ’ : जयशंकरसँग स्वर्णिम वाग्लेको प्रश्नोत्तर
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द
सम्बन्धित सामग्री
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु दशैं मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरीको पोखरीमा डुबेर मृत्यु भएको हो। शुक्रबार, कात्तिक ६, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट शुक्रबार, कात्तिक ६, २०८३
‘विश्व औपचारिक समूहभन्दा परिणाममुखी सहकारितातर्फ जाँदैछ’ : जयशंकरसँग स्वर्णिम वाग्लेको प्रश्नोत्तर शुक्रबार, कात्तिक ६, २०८३
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द शुक्रबार, कात्तिक ६, २०८३
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्