कुन्दुज - अफगानिस्तानको राष्ट्रिय सुरक्षा समूहले गरेको कारवाहीमा अफगानिस्तानको तालिवान समूहका एकजना कमाण्डर मारिएको जनाइको छ।
शुक्रबार अफगान सुरक्षा समूहले गरेको स्थलगत कारवाहीका क्रममा ती कमाण्डर मारिएका हुन्। ममताज नामका ती कमाण्डरसँग उनका दुई जना अंगरक्षक र अरु दुई लडाकू पनि मारिएको बताइएको छ ।
त्यस कारवाहीका क्रममा अरु केही लडाकू घाइते पनि भएका छन् । कुन्दुज प्रान्तको चाहल चिनल क्षेत्रमा भएको कारवाहीका क्रममा उनीहरु मारिएका हुन् ।
ममताज तालिवान आतङ्ककारी संगठनको केन्द्रीयस्तरका कमाण्डर रहेको खुलेको अफगान सेनाका एक अधिकारीले जानकारी दिए।
कुन्दुजमा पछिल्लो समयमा अफगान सुरक्षा निकायले तालिवानका विरुद्धमा कडा कारवाही जारी राखेको छ । यसअघि पनि गत हप्ता मात्र सोही प्रान्तमा तालिवानका एक क्षेत्रीय स्तरका कमाण्डर मारिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।