काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता लालबहादुर वलीलाई ‘विश्व’लाई छाड्न सर्वोच्च अदालतले तेस्रो पटकआदेश दिएको छ।
रोल्पाका स्थानीय नेता वलीका तर्फबाट दायर भएको रिटको सुनुवाइ आइतबार सुनुवाई गर्दै सर्वोच्चले प्रहरीले लगाएको आरोप पुष्टि नहुने भन्दै उनलाई रिहा गर्न आदेश दिएको हो।
न्यायधीशीस मीरा खड्का र मनोजकुमार शर्माको संयुक्त इजलासले वली अपराधिक कार्यमा संलग्न नरहेको ठहर गर्दै रिहा गर्न आदेश दिएको हो।
थुनमा राख्ने आधार र कारण स्पष्ट नभएको र गैर कानुनी तरिकाले थुनामा राखेको भन्दै सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको छ।
राज्यले प्रहरी हिरासतमा गैरन्यायिक तरिकाले थुनामा राखेको भन्दै तत्काल रिहाइको मागसहित उनका छोरा विनोद वलीले रिट दायर गरेका थिए।
रिट निवेदनमाथि निवेदकका पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल र कन्तिराम ढुंगानाले बहस गरेका थिए।
रोल्पाको गंगादेव गाउँपालिका-३ का स्थायी बासिन्दा ओलीलाई प्रहरीले पटकपटक पक्राउ गर्दै आएको छ।
गत बैशाख ६ गते पार्टी कामका लागि खटिरहेका बेला तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट उनीसहित ३ प्रहरीले पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।