• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २१, २०८३ Thu, Aug 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

पठाओको ठगी नालीबेली : प्रधानमन्त्रीको संरक्षणदेखि कानुनको बर्खिलाफसम्म

64x64
नेपाल लाइभ मंगलबार, साउन २८, २०७६  ०७:२६
1140x725

काठमाडौं- 'राइड सेयरिङ'का नाममा एप्लिकेसनमार्फत भाडाको मोटरसाइकल प्रयोग गर्ने प्लेटफर्म उपलब्ध गराउँदै आएको पठाओले गत शुक्रबारदेखि ट्याक्सी सेवा सुरु गर्‍यो। कम्पनीले मोटरसाइकल सेवा भने गत वर्ष साउनदेखि सुरु गरेको थियो। 

मोटरसाइकल सेवा सुरु गरेको एक वर्षपछि कम्पनीले ट्याक्सी सेवा सुरु गरेको घोषणा गरेको थियो। सो घोषणासँग उसले दिने सेवाभन्दा पनि उसले असुली गर्ने रकममा विवाद तथा बहस सुरु भएको छ। 

पठाओले सुरु गरेको ट्याक्सी सेवा लिँदा सरकारले ताकेको दररेटमा उठेको रकममा १ सय रुपैयाँ अतिरिक्त शुल्क लिने घोषणासँगै विवाद सुरु भएको हो। 

विवाद सुरु हुन स्वभाविक पनि छ। किनकि सरकारले सार्वजनिक सवारी साधनका लागि तोकेको भाडाभन्दा बढी भाडा असुल्ने गरी पठाओले सेवाग्राहीसँग रकम लिने घोषणा गरेको  छ।

यसरी ट्याक्सी चढ्दा मिटरमा उठेको रकमभन्दा थप १ सय रुपैयाँ अवैध शुल्क लिँदा पनि नियामक निकाय भने मौन छन्। पठाओको मोटरसाइकल सेवासमेत अवैध हुँदाहुँदै ट्याक्सी सेवासमेत सुरु गरेको हो। 

गैरकानुनी रुपमा मोटरसाइकलमा भाडामा यात्रु बोक्ने प्लेटफर्म सञ्चालन गर्दा प्रधानमन्त्रीबाट ‘तथास्तु’ र कर नतिरेको भन्दै कर कार्यालयले कर निर्धारण गर्दा अर्थमन्त्रीबाट ‘बक्सिस’ पाएपछि पठाओ र टुटलजस्ता कम्पनी त्यस्तै काममा प्रोत्साहित देखिएका छन्। पठाओले प्रिमियम ट्याक्सी सेवा समेत सुरु गरेको थियो। त्यसका लागि निक्कै धेरै शुल्क तोकिएको थियो। तर, त्यो भने विरोध भएसँगै आफ्नो एपबाट हटाएइसकेको छ। तर, मोटरसाइकल र लाइट ट्याक्सी सेवा भने संचालन भइरहेको छ। 

जबकी हाम्रो देशको सार्वजनिक यातायात सरकारले निर्धारण गरेको भाडादरमा सञ्चालन हुनुपर्छ। सार्वजनिक बसमा नर्मल तथा डिलक्स सेवा दिन पाइन्छ। त्यसमा भाडासमेत फरक छ, जुन सरकारले नै तोकेको छ। तर,ट्याक्सीमा हालसम्म त्यस्तो वर्गीकरण गरिएको छैन। सेवा बढी दिए पनि एकै भाडादरमा चलाउनु पर्ने कानुनी व्यवस्था छ। 

विभागको अनुमति अनिवार्य 
कुनैपनि प्रकारको सार्वजनिक यातायात सेवा प्रदान गर्ने कम्पनीले यातायात व्यवस्था विभागबाट अनिवार्य अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ। सरकारले तोकेको भाडादरमा विभागको अनुमति लिई सार्वजनिक सवारी चलाउनु पर्ने व्यवस्था विद्यमान कानुनमा रहेको विभागबाट केही दिन अगाडि मात्रै सरुवा भएका महानिर्देशक कुमारप्रसाद दाहालले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

‘जो सुकैले जसरी सार्वजनिक यातायात सेवा दिए पनि यातायात व्यवस्था विभागबाट ‘नो अब्जेक्सन लेटर’ लिनै पर्ने व्यवस्था छ,’ विभाग स्रोतले भन्यो, ‘अहिलेसम्म पठाओलगायत अन्य यस्तै प्रकृतिका एप्लिकेसनमा आधारित कम्पनीले अनुमति लिएका छैनन्।’ 

यसरी आफुखुसी निजी सवारी भाडामा तथा ट्याक्सीमा अतिरिक्त शुल्क लिएर सेवाका नाममा बदमासी हुँदा पनि विभागले केही गर्न नसक्ने अवस्था रहेको विभागको गुनासो छ। विभागले अवैध रुपमा सञ्चालनमा रहेका त्यस्ता कम्पनीका सेवा बन्द गराउन पहल गरेपनि प्रधानमन्त्रीको ठाडो निर्देशनमा कारबाही नै बन्द गर्नुपर्ने अवस्था आएको ती अधिकारिको भनाइ छ। 

यातायात व्यवस्था विभाग र ट्राफिकको कदम
ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले २०७५ पुस अन्तिम साता भाडामा मोटरसाइकलबाट यात्रु बोक्नु गैह्रकानुनी भन्दै कारबाही सुरु गरेको थियो। विभागसँगको समन्वयमा ट्राफिकले भाडा यात्रु बोक्न प्रयोग भएका मोटरसाइकल तथा स्कुटरलाई कारबाही गर्न सुरु गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा कारबाही रोकिएको थियो। 

प्रधानमन्त्रीले कानुन बनाएर सहजीकरण गर्नु पर्नेमा कानुन विपरीत भएको पठाओको गतिविधि प्रोत्साहन गर्दा सुशासनकै उपहास भएको छ। यातायात व्यवस्था विभागले पनि केही समयअघि संघीय सरकारलाई भाडामा यात्रु बोक्ने मोटरसाइकललाई पनि कालो नम्बर प्लेटको व्यवस्था गर्न सुझाव गरेको थियो। त्यसो नगर्ने हो भने टुटल र पठाओजस्ता सेवा नै बन्द गर्नु उपयुक्त हुने राय विभागको थियो। 

विद्यमान कानुन
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ मा निजी प्रयोगको लागि दर्ता प्रमाणपत्र प्राप्त सवारीलाई निजी सवारी भनिने उल्लेख छ। त्यस्तै उक्त दफाको उपदफा २ मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन’ भनी स्पष्ट रुपमा लेखिएको छ। निजी सवारी भन्नले रातो प्लेटमा सेतो अक्षर र अंक हुनु पर्नेछ भनी ऐनको अनुसूची २ को खण्ड ‘ग’मा किटान गरिएको छ।

हालसम्म संघीय यातायात ऐन नआएकाले संविधान अनुसार २०४९ सालमा बनेको सवारी तथा यातायात व्यवस्था ऐन नै कार्यान्वयनमा छ। ‘यो कानुन खारेज भएर अर्को कानुन नआउँदासम्म यस्ता सेवा बक्सिसको भरमा चल्ने हो,’ विभाग स्रोतले भन्यो, ‘कानुनको उल्लंघन गर्नेलाई नै पुरस्कृत ‍गर्ने हो भने कानुन किन चाहियो?’

प्रदेश ३ को सवारी तथा यातायात व्यवस्था ऐन
प्रदेश ३ ले निजी सवारीलाई गैह्र-व्यावसायिक सवारीको रूपमा परिभाषित गरेको छ। ऐनको दफा १३ को उपदफा १ मा ‘निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त सवारीलाई गैह्र-व्यावसायिक सवारी भनिनेछ’ भनी लेखिएको छ। 

त्यस्तै उपदफा २ मा गैह्र-व्यावसायिक सवारी व्यावसायिक रुपमा यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन भनी स्पष्ट पारिएको छ। 

तर प्रदेश सरकारले बनाएको यातायात ऐनको दफा १३ को उपदफा ४ मा भने उपदफा २ मा जुनसुकै कुरा लेखिएको भए तापनि निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपांग्रे तथा दुईपांग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बिमा गरी यात्रु ओसारपसार गर्न सक्नेछ भनी लेखिएको छ। 

प्रदेश ऐनले यस्ता सवारीले निश्चित रुट, भाडा निर्धारण तथा यात्री बिमा गरेमा मात्र यात्रु बोक्न पाइने उल्लेख गरेको छ। गैह्रव्यावसायिक सवारीको भाडा निर्धारण र यात्री बिमा सहज भए पनि यस्ता सवारीको रुट कायम गर्न भने जटिल देखिएको छ। 

सरासर ठगी हो : उपभोक्ता हित संरक्षण मञ्च
‘कानुन बाहिर गएर नियामक निकायसँग अनुमति नलिई आफूखुसी अतिरिक्त शुल्क लिनु व्यवहारिक  छैन,’ उपभोक्ता हित संरक्षण मञ्चकी सचिव कुमारी खरेल भन्छिन्, ‘यसरी उपभोक्ता हित विपरीत रकम अशुली हुँदा नियामक मुकदर्शक हुनु दुःखद् छ। एक जनाबाट १ सय रुपैयाँ लिएजस्तो देखिन्छ तर हजारौं मानिससँग यसरी १ सय लिँदा करोडौं संकलन हुन्छ।’

पठाओका गतिविधि करलगायतका विषय समेत गौण रहेको उनको भनाइ छ। ट्याक्सीमा सरकारले तोकेको भाडा भन्दा १ सय रुपैयाँ अतिरिक्त शुल्क उपभोक्ताबाट अशुल्नु सरासर ठगी हुने खरेलको दाबी छ।  

पठाओलाई कर निर्धारण 
राइड सेयरिङका नाममा भाडामा मोटरसाइकल प्रयोग गर्ने प्लेटफर्म चलाउँदै आएको बंगालादेशी कम्पनी पठाओलाई सरकारले कर निर्धारण गरेको थियो। पठाओले सेवा सञ्चालन गरेबापत राज्यलाई तिर्नुपर्ने आयकर नतिरेको पाइएपछि कर निर्धारण गरिएको थियो। पठाओ तथा टुटललाई आन्तरिक राजश्व विभागले कर निर्धारण गरेको थियो। 

पठाओलाई कर कार्यालयले ३० लाख रुपैयाँ कर निर्धारण गरेको थियो। तर चालु आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा युवराज खतिवडाले स्टार्टअप तथा नवीनतम योजना भएका कम्पनीलाई कर छुट दिने व्यवस्था गरेका छन्। तर पठाओ तथा टुटलको कर के हुन्छ भन्ने टुंगिएको छैन। 

करको प्रशासकीय पुनरवलोकनका लागि निवेदन
पठाओले सरकारले निर्धारण गरेको कर पुनरवलोकनका लागि आन्तरिक राजश्व विभागमा निवेदन दिएका छ। विभागले पठाओलाई आयकर ऐन अनुसार कर निर्धारण गरेको थियो। सरकारले निर्धारण गरेको करको एक तिहाई तिरेर पठाओले प्रशासकीय पुनरवलोकनको निवेदन दिएको भन्सार विभागका एक अधिकृतले जानकारी दिए। 

यसरी हुन्छ ठगी
सरकारले तोकेको भाडादर अनुसार काठमाडौं उपत्यकामा मिटरमा चल्ने ट्याक्सीको भाडा प्रतिकिलोमिटर ३९ रुपैयाँ छ। ट्याक्सी मिटर अन गर्दा १४ रुपैयाँ उपभोक्ताले सुरुमै तिर्नुपर्छ।

अनामनगर भाटभटेनीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको दूरी ४.८ किलोमिटर छ। सामान्य अवस्थामा मिटर ट्याक्सीमा यात्रा गर्दा सरकारले तोकेको भाडा दर अनुसार सुरुको १४ रुपैयाँसहित उक्त गन्तव्यको भाडा २ सय १ रुपैयाँ हुन्छ। तर पठाओको एप्लिकेशनमा ट्याक्सी बुक गर्दा सोही गन्तव्यको भाडा ३ सय ५ रुपैयाँ देखाउँछ।

त्यस्तै अर्को अनामनगर भाटभटेनीदेखि कलंकीसम्मको दुरी ५.५ किलोमिटर छ। यो दुरीमा सामान्य मिटर ट्याक्सीमा जाँदा सुरुमा उठ्ने १४ रुपैयाँसहित २ सय २९ रुपैयाँ उठ्छ। तर पठाओको एपमा सोही रुटको भाडा ३ सय ३८ रुपैयाँ देखाउँछ। यसरी हेर्दा पठाओले उपभोक्तासँग एक सय रुपैयाँ ठगेको स्पष्ट देखिन्छ।

र यो पनिः

पठाओको ठगी : ट्याक्सी उपभोक्ताबाट एक सय अतिरिक्त शुल्क असुल्दै

सिन्डिकेट हटेकै हो, पठाओ र टुटल गैरकानुनी नै हुन् : मन्त्री महासेठ

प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  ०७:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, पुनरवलोकनको बाटो खुल्यो
प्रश्न नसोध्न गृहमन्त्रीले दिएको निर्देशनमा कांग्रेसको आपत्ति
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ बिहीबार, साउन २१, २०८३
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, पुनरवलोकनको बाटो खुल्यो बिहीबार, साउन २१, २०८३
प्रश्न नसोध्न गृहमन्त्रीले दिएको निर्देशनमा कांग्रेसको आपत्ति बिहीबार, साउन २१, २०८३
निर्मला पन्त हत्या प्रकरणबारे सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ? बिहीबार, साउन २१, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन २०, २०८३
सरकारी नयाँ तलबमान स्वीकृत- न्यूनतम २९ हजारदेखि अधिकतम ९० हजारसम्म बिहीबार, साउन २१, २०८३
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाट पक्राउ बुधबार, साउन २०, २०८३
निर्मला पन्त हत्या प्रकरणबारे सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ? बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्