काठमाडौं- नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारको गलत कदम भन्दै ११ आरोप लगाएको छ।
स्वेच्छिक अवकाशदेखि सशस्त्र प्रहरीमा दरबन्दी नै नरहेको अवस्थामा गरिएको बढुवा र कर्मचारी समायोजसम्मको कार्यको एमालेले विरोध गरेको छ।
नयाँ निर्वाचन सम्पन्न भएपछि जनआधार गुमाइसके पनि सरकार आर्थिक अराजकता र राज्यको ढुकुटी रित्याउने कार्यमा उद्यत रहेको अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
भूकम्पपीडित र बाढीपीडितका लागि राहतको नाममा ९० अर्ब रुपैयाँको भार थप्ने कार्य सदाशययुक्त नभएको एमालेको आरोप छ। ठूला आयोजनाहरुको खर्च बढाउन सरकारले सीमित ठेकेदारहरुको सिन्डिकेट चलाएको पनि उसले आरोप लगाएको छ।
वृद्धभत्ता ६५ वर्षमै दिने र कर्मचारी समायोजन गर्ने भनी सरकारले राज्यलाई आर्थिक भार थोपरेको एमालेले आरोप लगाएको छ।
हेर्नुहोस् प्रेस विज्ञप्ति:


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।