काठमाडौं– प्रतिनिधिसभाकी सदस्य सुजता परियारले संसद हलमा एसी नभएर समस्या परेको बताएकी छिन्।
बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयममा बोल्दै उनले तीनदिनसम्म एसी बनाउन नसक्नु सरासर लापरबाही भएको बताएन्।
'यस सभाहलमा केही दिनदेखि एसी छैन। यति धेरै गर्मी बढेको महिनामा पनि गुम्सिएर सभाहलमा बस्नुपरेको छ', उनले भनिन्, 'सुनिन्छ, एसीमा पानी छैन। पानी नभएर एसी चलेको छैन। सचिवालयबाट लिएको भाडाले के पानी किन्न नसकेको हो? पानी पेट्रोलभन्दा महंगो भएको हो?'
उनले तत्काल सम्बन्धित निकायलाई निर्देशन गर्न सभामुखलाई अनुरोध गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।