काठमाडौं– शरद कुमार गौचन र दुर्गा तिवारी हत्यामा संलग्न श्याम बहादुर गुरुङ ‘गुम्बे’लाई प्रहरीले एक वर्षदेखि खोजीरहेको थियो, तर प्रहरीलाई छक्याउन सफल भएका थिए।
प्रहरीका विभिन्न टोलीले उनको पिछा गरिरहेको थियो।
गुम्बे पछिल्लो समय चितवनमा बस्दै आएको खुलेपछि सिआईबीको टोली केही दिनयता उनी बस्ने घर पत्ता लगाउन खटिएको थियो। घर पत्ता लगाएपछि सोमबार राती प्रहरी उनको डेरामा पुग्यो।
प्रहरीले उनको कोठामा ढकढक ग¥यो। भित्रबाट कुनै जवान आएन। निकै पटक ढकढक गर्दा पनि भित्रबाट केही जवाफ आएन। एक्कासी जोडले ढोका खुल्यो। आफुलाई पक्राउ गर्न प्रहरी आएको उनले चाल पाइसकेका थिए। एक्कासी ढोका खोलेर उनी भाग्न खोजेका थिए। जोडले ढोका खोल्न पक्राउ गर्न गएका सिआईबीका एक सई लडे। अर्का हवल्दारले उनको खुट्टा समाए।
गुरुङले भाग्ने निकै प्रयास गरेका थिए, तर हवल्दारले उनको निकै जोडका खुट्टा समाएकाले भाग्न सकेनन्। तीनै हवल्दारको बहादुरीले एक जना ‘मोष्ट वान्टेड’ व्यक्तिलाई कानुनी कठघरामा ल्याउन प्रहरी सफल भएको हो।
पक्राउ परेका गुरुङलाई मंगलबार नै जिल्ला अदालत काठमाडौंबाट थुनामा राख्ने म्याद लिइएको एसपी रामदत्त जोशीले बताए।
सिआईबीका एसपी जीवनकुमार श्रेष्ठका अनुसार गुरुङ पूर्व सैनिक हुन्। दुवै हत्यामा उनले गोली हानेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।