काठमाडौं– नयाँ संविधान जारी भएपछिको निर्वाचनबाट ठूलो पार्टी बनेको नेकपा एमालेले गत आर्थिक वर्षमा ९४ लाख १३ हजार ४ सय ४१ रुपैयाँ वचत गरेको छ। एमालेले ६ करोड ४६ लाख ७४ हजार ५३ रुपैयाँ आम्दानीका रुपमा रकम संकलन गरेको थियो भने ५ करोड ५२ लाख ६० हजार ६ सय १२ रुपैयाँ खर्च गरेको थियो।
त्यस्तै, वाम गठबन्धनको अर्को पार्टी माओवादी केन्द्र पनि नाफामा देखिएको छ। ३ करोड ३४ लाख ९३ हजार ४ सय ७९ रुपैयाँ आम्दानी गरेको माओवादीले ३ करोड २७ लाख ९ हजार ४ सय ५९ रुपैयाँ खर्च गरेको छ। गत वर्ष माओवादी केन्द्रले ७ लाख ८४ हजार २० रुपैयाँ वचत गरेको हो।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार पार्टीको नियमित आम्दानीको स्रोत भनेको सदस्यता वितरण र नवीकरणबाट आउने रकम नै हो। त्यस्तै, पार्टीका सांसद तथा राजनीतिक नियुक्ति लिएका व्यक्तिले बुझाउने मासिक शुल्क पनि पार्टीको आम्दानी स्रोत हो। राजनीतिक दलहरुले चुनावको समय विभिन्न व्यक्ति तथा संस्थाबाट चन्दा संकलनबाट ठूलो रकम उठाउने गर्छन्। त्यस्तै, विदेशमा काम गर्ने सदस्यले समेत पार्टीलाई विशेष लेबी तिर्ने गर्छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।