काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालभित्रै पाइलट स्कुल स्थापना गरिने बताएका छन्। मन्त्रालयमा बुधबार भएको छलफलमा मन्त्री भट्टराईले पाइलट स्कुल स्थापनाका लागि सरकार र निजी क्षेत्रका वायुसेवा कम्पनीको पनि लगानी रहने बताए।
अहिले वायुसेवा कम्पनी तथा नेपाल वायुसेवा निगमले पाइलट अभावका कारण विदेशबाट पाइलट ल्याउँदै आएका छन्। पाइलट स्कुलको विस्तृत अवधारणा भने सरोकारवालासँगको छलफलपछि टुंगो लाग्ने भट्टराईले बताए।
अहिले नेपाल वायुसेवा निगमले मात्रै एकजना विदेशी पाइलटका लागि मासिक न्यूनतम १५ हजार अमेरिकी डलर खर्चँदै आएको छ। निगमका वाइडबडी जहाज उडानमा ९ जना विदेशी पाइलट छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।