काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तर्फबाट १४ जना उम्मेदवारको नाम तय गरेको छ।
मंगलबार बिहान अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’को बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पार्टीको भागमा परेका उम्मेद्वार तय गरिएको हो।
तय गरिएका उम्मेद्वारहरुमा प्रदेश नं. १ बाट बीना पोखरेल (महिला), प्रदेश नं. २ बाट शशिकला दाहाल (महिला), प्रदेश नं. ३ बाट रामबहादुर थापा ‘बादल’ (खुला), गंगा पराजुली (महिला), प्रदेश नं. ४ बाट दीनानाथ शर्मा (खुल्ला), खीमकुमार बि.क. (दलित) छन्।
त्यस्तै प्रदेश नं. ५ बाट राजकुमार कुंवर (अल्पसंख्यकरअपांग), चन्द्र बहादुर खड्का (खुला), बाट प्रदेश नं. ६ बाट जीवन बुढा (अपाङ्गरअल्पसंख्यक), युटुल लामा (महिला), कालीबहादुर मल्ल (खुल्ला) र प्रदेश नं. ७ बाट लालिराम लोहार (दलित), हरिराम चौधरी (खुला) रहनुभएको छ ।
प्रदेश नं. २ बाट उठाउने थप एक उम्मेद्वारको नाम गठबन्धनमा सहभागी दलहरुको परामर्शमा क्लष्टर मिलाएर तय गरिने माओवादी केन्द्रले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।