काठमाडौं– अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापा प्रधानमन्त्री शेर बहादुर देउवाबाट सम्मानित भएका छन्। उनलाई सशस्त्र प्रहरीले ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरेको हो।
सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनलाई पुरस्कार दिइएको हो।
त्यस्तै सशस्त्र प्रहरीमा यसवर्षको उत्कृष्ट गण रनिङ्ग अवार्ड प्राप्त सशस्त्र प्रहरी बल नेपाल दक्षिणकाली गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक श्यामकाजी कुवँरले पाएका छन्।
त्यस्तै उत्कृष्ट सीमा सुरक्षा कार्यालय रनिङ्ग अवार्ड सीमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ऋषीदेव कार्कीलाई प्रदान गरिएको छ।
सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा एसपी कुँवर र डिएसपी कार्कीलाई प्रधानमन्त्री देउवाले पुरस्कार वितरण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।