काठमाडौं– सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा कार्यरत सशस्त्र प्रहरी जवान डिल्ली भट्टराई वर्ष जवान घोषित भएका छन्।
सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले यस वर्ष ‘वर्ष जवान २०७४’ हुन सफल भट्टराईलाई ‘वर्ष जवान’ ट्याग प्रदान गर्नुका साथै नगद १० हजार रुपैयाँसहित पुरस्कार दिएका छन्।
उद्धारका उत्कृष्ट काम गरेवापत उनलाई उक्त पुरस्कार दिइएको हो।
यसरी घोषित वर्ष जवानलाई युएन मिसनमा समावेश गर्नुका साथै निजको एक सन्ततीलाई वार्षिक १२ हजार रुपैयाँका दरले १२ कक्षा अध्ययन गरुन्जेलसम्म छात्रवृत्ति प्रदान गरिने सशस्त्र प्रहरी बलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।