काठमाडौं- काठमाडौंको माइतीघर मण्डलामा शंकास्पद वस्तु भेटिएको छ।
काठमाडौं-११, माइतीघर मण्डलास्थित सेन्ट जेभिएर्स कलेज अगाडि शंकास्पद पस्तुफेला परेको हो। सो शंकास्पद वस्तु सकेट बम रहेको प्रहरीले जनाएको छ।
उक्त सकेट बमलाई बिहान ७:१५ मा नेपाली सेनाको बम डिस्पोजल समूहले सुरक्षित साथ डिस्पोज गरेको छ।
बम कसले र किन राखेको भन्ने नखुलेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।