• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रदेश-२ : लोक सेवा विधेयक पारित

64x64
नेपाल लाइभ मंगलबार, साउन २१, २०७६  २३:१२
1140x725

जनकपुर- प्रदेश २ को मंगलबार बसेको प्रदेशसभा बैठकले लोक सेवा विधेयक पारित गरेको छ। 

प्रदेश २ मा प्रदेश लोक सेवा आयोगको गठन काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको हो।

जेठ १२ गते प्रदेशसभा बैठकमा टेबल भएको विधेयक झन्डै अढाई महिनापछि प्रदेश लोकसेवा विधेयक पारित भएको हो। यो विधेयक गत टेबल भएको थियो मंगलबार  बसेको प्रदेशसभाको बैठकमा यो विधेयक पारित भएको घोषणा गरिएको छ।

विधेयक पारित भएसँगै अब प्रदेश २ सरकारलाई लोक सेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ। प्रदेशसभामा पेश भएको यो विधेयक माथि सैद्वान्तिक छलफल भई विशेष छलफलका निम्ति ४ जना सांसद रहेको विशेष समितिमा पठाइएको थियो।

यसैबीच सोमबारको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले पेश गरेको प्रदेश प्राविधिक शिक्षा परिषद्को स्थापना र संचालन गर्न बनेको विधेयक २०७६ माथि मंगलबार सैद्विान्तिक छलफल भएको छ।

छलफलमा भाग लिँदै नेकपाका सांसद गोविन्द न्यौपाने र कांग्रेसका सांसद शिवचन्द्र चौधरीले यो विधेयकलाई धेरै ठाउँमा सच्याउनु जरुरी रहेको बताए।

मन्त्री साहले सिप नसिकी हजारौं युवा विदेश गइरहेकाले प्राविधिक शिक्षा स्थापना गरेर उनीहरुलाई विभिन्न किसिमको तालिम दिन र आफैं रोजगारी गर्ने किसिमको प्राविधिक अध्ययनका निम्ति यो विधेयक अपरिहार्य भएको बताए।

बाढी पीडितलाई राहत दिन नसकेको भन्दै सरकारको आलोचना
प्रदेश २ का विभिन्न जिल्लामा बाढी आएको २० दिन बितिसक्दा समेत पीडितसमक्ष राहत नपुगेको भन्दै प्रदेश २ का सांसदले सरकारको आलोचना गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेशका सत्तारुढ र विपक्षी सांसदले एकै स्वरमा प्रदेश सरकारको आलोचना गरेका हुन्। उनीहरुले प्रदेश सरकारले राहतमा पनि भेदभाव गरेको र जिम्मेवारीपूर्ण तरिकाले काम नगरेको आरोप समेत लगाए।

समाजवादी पार्टीका सांसद सञ्जय यादवले राहत वितरण गर्न प्रदेश सरकारले देखाउनुपर्ने तत्परता नदेखाएको बताए। बाढीपीडितका लागि हालसम्म हेल्प डेस्कसमेत स्थापना हुन नसकेको बताउँदै जनताको बलिदानीबाट निर्माण भएको सरकारलाई जिम्मेवारी पूर्वक राहत वितरण गर्नुपर्ने बताए।

समाजवादी पार्टीकै सांसद करिमा बेगमले मुख्यमन्त्रीले आफ्नै निर्वाचन क्षेत्रका बाढीपीडितलाई समेत राहत वितरण गर्न नसकेको बताइन्। उनले पर्साका धेरै ठाउँमा बाढीपीडित भएपनि प्रदेश सरकारले थोरै पनि ध्यान नदिएको गुनासो गरिन्।

राजपाकी सांसद रानी शर्मा तिवारीले प्रदेश सरकारले राहतमा पनि भेदभाव गरेको जनाउँदै आफ्नो क्षेत्रका बाढीपीडितलाई हालसम्म राहत वितरण नभएको बताइन्। उनले यसबारेमा मुख्यमन्त्रीलाई धेरै पटक फोन गरे पनि चासो नलिएको आरोप लगाइन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राजपाकै सांसद विन्देश्वर यादव ‘विक्की’ ले बाढीबाट क्षति भएका नदीहरूको बाँध र नदी नियन्त्रणका लागि प्राधिकरण गठन गरी अघि बढ्न सुझाव दिए।

कांग्रेसकी सांसद सरस्वती चौधरीले बाढीप्रति सरकारको ध्यान किन गएको छैन? भनेर प्रश्न गरिन्। उनले प्रदेश सरकारले आफैंले घोषणा गरेको मृतक परिवारलाई ३ लाखका दरको राहत हालसम्म कसैले नपाएको बताइन्।

कांग्रेसकै सांसद राजेश्वरप्रसाद साहले पर्सा जिल्लामा बाढीका कारण ४ जनाको ज्यान गएको र करोडौंको क्षति भएपनि हालसम्म राहत नपुगेको बताए।

नेकपाका सांसद गोविन्द न्यौपानेले सप्तरीको प्रत्येक स्थानीय तह बाढीबाट प्रभावित भए पनि हालसम्म प्रदेश सरकारले कुनै किसिमको राहत नदिएको बताए। 

संघीयता समाप्त पार्न खोजेको आरोप
प्रदेश २ का विपक्षी दलका सांसदले प्रदेश सरकार स्वयं संघीयता समाप्त पार्न खोजेको आरोप लगाएका छन्। उनीहरूले संघीयता समाप्त गर्ने संघीय सरकारको दाउमा प्रदेश सरकार सहयोगी भएको आरोप समेत लगाए।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा बोल्दै विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकारको क्रियाकलाप र स्वभाव हेर्दा संघीयता समाप्त गर्न उद्धत रहेको बताए। ‘प्रदेश सरकारको गतिविधिप्रति अति नै चिन्तित छु,’उनले भने, ‘अनियमितताको चर्चा, होटेलमा बसेर गरेको लेनदेनको कुरा र मुख्यमन्त्री र मन्त्रीहरुले गरिरहेको अपशब्दले यही सरकारले संघीयता समाप्त होस् भन्ने चाहेको छ।’

जनताको रगत, पसिनाबाट सिर्जित भएको पैसाले मन्त्रीहरुले मज्जा लिइरहेको बताउँदै उनले मन्त्रीहरु सामन्ती भइसकेको बताए। संघीयतालाई पालेर राख्नुपर्ने र यसमा आफूहरु पनि सहयोग गर्न तयार भएको बताउँदै यादवले मन्त्रीहरुको व्यबहारले जनता संघीयताको विरोधमा आउन सक्ने बताए। ‘यो प्रदेशका जनता संघीयताको बिरोधमा उत्रेपछि देशभर संघीयता रहँदैन,’उनले भने, ‘यसमा ध्यान दिनु जरुरी छ।’

नेकपाकी सांसद ज्वालाकुमारी साहले सार्वजनिक रुपमा अपशब्द बोल्ने मुख्यमन्त्री र मन्त्रीलाई राजिनामा दिनुपर्ने बताइन्। ‘अहिले मुख्यमन्त्री त हुनुहुन्न, तर अपशब्द बोल्ने सामाजिक विकास मन्त्री हुनुहुन्छ,’साहले भनिन्, ‘म नैतिकताको आधारमा दुवैलाई राजीनामा दिन आग्रह गर्दछु।’

प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  २३:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही
आन्ध्र प्रदेशको तटीय क्षेत्रमा १५० किमि प्रतिघण्टासम्मको हावाहुरी
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही बुधबार, कात्तिक ११, २०८३
आन्ध्र प्रदेशको तटीय क्षेत्रमा १५० किमि प्रतिघण्टासम्मको हावाहुरी बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
दशैं तिहारमा राराताल आउने पर्यटक बढे बुधबार, कात्तिक ११, २०८३
एनपीएल : पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरा सुखद सुरुवातको लक्ष्यमा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्