• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कोसी सम्झौता : ६५ वर्षसम्म पनि कार्यान्वयन भएन, पीडितले पाएनन् ४९ हजार बिघाको मुआब्जा

64x64
नेपाल लाइभ बुधबार, साउन २२, २०७६  ०५:३९
1140x725

राजविराज- ६५ वर्षअघि सप्तकोसी नदीमा पुल र बाँध निर्माण गर्न नेपाल-भारतबीच भएको सम्झौता कार्यान्वयन नहुँदा सप्तरी, सुनसरी र उदयपुरका हजारौं किसान पीडित छन्। सम्झौता कार्यान्वयन गरी किसानको समस्या समाधान गर्न भारत तयार रहे पनि नेपाल सरकारले नै सार्थक पहल गर्न नसकेको आरोप लाग्दै आएको छ।

सम्झौता कार्यान्वयन गरी अविलम्ब क्षतिपूर्ति र मुआब्जा उपलब्ध गराउनु पर्ने भन्दै पीडितहरूले पटक-पटक आन्दोलन समेत गर्दै आएका छन्। तर, हालसम्म पनि उनीहरूको माग सुनुवाई हुन सकेको छैन।

आफ्नै नागरिकका आधिकारका लागि पहल गर्न नसकेको भन्दै पीडितले सरकार विरुद्ध आन्दोलन सुरु गरेका छन्।

आन्दोलनको पहिलो चरण अन्तर्गत श्रावण १३ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको र जवाफको प्रतीक्षामा रहेको कोसी नदी कटान डुबान पीडित संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरका संयोजक महिदेवप्रसाद चौधरीले बताए। ‘अहिलेसम्म जवाफ पर्खेर बसका छौं, तर कुनै प्रतिक्रिया आएको छैन,’ उनले भने, ‘अबको चरणमा सशक्त आन्दोलन हुन्छ। सरकार सचेत भए हुन्छ।’

संविधानसभाका सदस्य समेत रहेका नेकपा नेता मानपुर चौधरीले पीडितलाई मुआब्जा दिलाउन सरकारले नै पहल नगरेको आरोप लगाएका छन्। अब पनि नागरिकको मागलाई बेवास्ता गरे गुठी विधेयकमा झै सरकारलाई घुँडा टेकाउने चेतावनी दिए। ‘कोसी सम्झौताको पीडित म पनि हुँ। संविधानसभा सदस्य हुँदा धेरै पटक कुरा पनि राखें,’ उनले थपे, ‘तर कुनै सुनुवाई भएन। अब आन्दोलन सुरु भएको छ। यही आन्दालनबाट निचोड निस्कन्छ।’

दोश्रो चरणमा श्रावण ३२ गते कोसी ब्यारेजको पूर्वी कन्ट्रोल रुम अगाडि नारा जुलुस गर्ने र कोणसभा गर्ने संयोजक चौधरीले जानकारी दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो छ कोसी सम्झौता
२०११ साल वैशाख १२ गते (२५ अप्रिल १९५४) पुल र बाँध निर्माणका लागि नेपाल-भारतबीच १ सय ९९ वर्षे सम्झौता भएको थियो। नेपाल सरकारको तर्फबाट योजना, विकास तथा भूमिसुधार मन्त्री महावीर शमशेर र भारतको तर्फबाट योजनामन्त्री गुलजारीलाल नन्दाले सो सम्झौतामा हस्ताक्षर गरेका छन्।

योजना सञ्चालन भएका कारण कटान र डुबानमा परेको जमिनको मुआब्जा नेपाल सरकारको सिफारिसमा भारत सरकारले उपलब्ध गराउने उल्लेख छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सन् १९६४ मा कोसी ब्यारेजको निर्माण पूरा भएको थियो। पुल र बाँध निर्माणका कारण सुनसरीको चतरादेखि सप्तरीको कुनौली बोर्डरसम्म दुवै साईडको तटबन्ध भित्रपर्ने ४८ हजार ६ सय ९५ बिघा ३ कठ्ठा १७ धुर जग्गा कटान र डुबानमा परेको तथ्यांक छ। त्यसबापत पाउनु पर्ने मुआब्जा हालसम्म पनि नपाएको पीडितहरू बताउँछन्।

मुआब्जा दिलाउन केके भए प्रयास?
पीडितलाई मुआब्जा दिने विषयमा पटक-पटक छलफल भइसकेको छ। स्थानीय सरकारी कार्यालयमार्फत् माथिल्लो तहमा सिफारिस हुँदै आएपनि   सार्थक पहल नहुँदा पीडितहरू थप पीडा भोगिरहेका छन्। विस २०१८ सालदेखिको खेतमा लगाएको बालीको मुआब्जा दिने भनिए पनि अहिलेसम्म नदिएको उनीहरुले गुनासो गरे। पछिल्लो पटक २०६९ भदौ २४ गते सप्तरी सदरमुकाम राजविराजमा सम्पन्न सर्वपक्षीय बैठकले पनि कोसी पीडितलाई मुआब्जा दिलाउन सिफारिस गरेको थियो। बैठकले प्रति वर्ष प्रति बिघा १ लाख ५ हजारका दरले मुआब्जा उपलब्ध गराउन सिफारिस गरेको थियो। 

सप्तरीका तत्कालीन सिडिओ हरिराज पन्तको अध्यक्षतामा बसेको बैठकले कोसी योजनाअन्तर्गत कटान भएको ७ हजार ६ सय ६३ बिघा ८ कठ्ठा २ धुर जग्गाको लगत संकलन गरेको थियो। सोही बमोजिम सो समितिले ८० करोड ४६ लाख ५७ हजार ५ सय २५ रुपैयाँ १३ पैसा मुआब्जा उपलब्ध गराउन सिफारिस गरेको थियो। मुआब्जा मूल्यांकनका क्रममा उदयपुरका तत्कालीन सिडिओ प्रेमप्रसाद लुईंटेलसहितको टोली, सम्पर्क तथा भूआर्जन कार्यालय विराटनगरका भूआर्जन अधिकृत नन्दबहादुर राईसहितको टोली तथा सप्तरीका कार्यालय प्रमुखहरुको समेत उपस्थिति थियो। 

कोसी पीडितलाई २०१८ देखि २०२८ सालसम्मको बाली मुआब्जा दिने विषयमा भारतीय पक्षबाट पनि पहल हुँदै आएको छ। स्थानीय स्तरका सरकारी कार्यालयहरू मार्फत भारत सरकारलाई पनि मुआब्जाका लागि सिफारिस भइसकेको छ। तर, नेपाल सरकारले नै सार्थक पहल नगर्दा आफूहरू समस्यामा परेको कोसी पीडित उत्थान समाजका अध्यक्ष मोहम्मद कासिम अन्सारीले बताए।

सन् २०११ फेब्रुअरी ४ मा भारतीय पदाधिकारीको टोलीले कोसी कटानबारे स्थलगत निरीक्षण गरेको थियो। यसैगरी, सन् २०१२ अगस्त १८ मा विराटनगरस्थित कोसी आयोजनाका विशेष भूआर्जन अधिकारीले विहारस्थित कार्यपालक अभियन्ताको कार्यालयलाई पत्राचार गरेको थियो। पत्रमा  क्षतिपूर्ति तथा मुआब्जा बापतको रकम माग गरिएको थियो भने कार्यपालक अभियन्ताको कार्यालय शीर्ष कार्य प्रमण्डलले सन २०१२ सेप्टेम्बर २२ मा अधिक्षण अभियन्ता कार्यालय विरपुरलाई पत्राचार गरी कोसी कटान र डुबानको अवस्था, क्षति भएको क्षेत्रफल तथा जमिनको मुआब्जा र क्षतिपूर्तिका लागि माग गरेको थियो। पत्राचारमा २०१८ देखि १० वर्षको मुआब्जा तथा क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गरिएको छ।

सोही पत्रका आधारमा अधिक्षण अभियन्ता कार्यालय विरपुरले सन् २०१२ सेप्टेम्बर २६ मा जल संसाधन विभाग पटनाका मुख्य अभियन्तालाई पत्राचार गरी मुआब्जाको लागि सिफारिस गरिसकेको छ। 

तत्कालका लागि विस २०१८ देखि १० वर्षको मुआब्जा तथा क्षतिपूर्ति उपलब्ध गराए पनि आफूहरू मन्जुर रहेको संघर्ष समितिका संयोजक चौधरी वताउँछन्। ‘२०१८ सालदेखि हालसम्मको एकैपटक माग गर्दा रकम पनि बढि हुने र पुनः क्षतिपुर्र्ति प्रक्रिया अन्यौलमा पर्ने भएकोले तत्कालका लागि १० वर्षकै भए पनि मुआब्जा दिए हामी लिन तयार छौं,’ अन्सारीले भने, ‘पाउँदै नपाउनु भन्दा पाएको लिएर भएपनि जीविका चलाउन पाईन्थ्यो।’

तत्कालीन भारतीय विदेशमन्त्री स्वराजको आश्वासन
वि.सं. २०६९ भदौ १६ गते कोसी क्षेत्रको निरीक्षण गर्न आएका तत्कालीन भारतीय राजदूत जयन्त प्रसादले पनि कटान तथा डुबानमा परेका पीडितलाई मुआब्जा दिन भारत सरकार तयार रहेको बताएका थिए। यसका साथै उनले भारतीय विदेश मन्त्री शुष्मा स्वराजले पनि नेपाल भ्रमणका क्रममा कोसी पीडितको समस्या र मुआब्जाका विषयमा भारत सरकार सकारात्मक भएको बताएका थिए। तर नेपाल सरकारले नै पहल नगरेको उनको भनाइ थियो।

‘काम केही अघि बढेजस्तो हुन्छ तर कार्यान्वयनको पाटो भने वर्षौंदेखि जस्ताको तस्तै छ,’ चौधरी भन्छन्, ‘लामो अस्थिरतापछि मुलुकले स्थायी सरकार पाएको छ, यो सरकारले अब हाम्रा लागि पनि सोचिदिनुपर्छ।’ 

नेपाल भारत संयुक्त आयोग (नेपाल इन्डिया ज्वाईन्ट कमिसन)को जुलाई २५ देखि २७, २०१४ मा काठमाडौंमा सम्पन्न तेस्रो बैठकले पनि कोसी पीडितको मुआब्जा उपलब्ध गराउने विषयमा निर्णय गरेको संचोजक चौधरीले जानकारी दिए। बैठकको निर्णय नं. ३ मा भनिएको छ, ‘कोसी र गण्डक आयोजनाहरूको कारण स्थानीय नेपाली नागरिकको जमिन र बालीमा भएको क्षतिपूर्ति सम्बन्धी विषय सम्बन्धित द्विपक्षीय समितिले हर्ने कुरामा सहमति भएको छ।’ बैठकको निर्णय तत्कालीन परराष्ट्रमन्त्रीले संविधानसभा तथा व्यवस्थापिका संसदलाई समेत जानकारी गराएको बताएका थिए। 

प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  ०५:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही
आन्ध्र प्रदेशको तटीय क्षेत्रमा १५० किमि प्रतिघण्टासम्मको हावाहुरी
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही बुधबार, कात्तिक ११, २०८३
आन्ध्र प्रदेशको तटीय क्षेत्रमा १५० किमि प्रतिघण्टासम्मको हावाहुरी बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
दशैं तिहारमा राराताल आउने पर्यटक बढे बुधबार, कात्तिक ११, २०८३
एनपीएल : पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरा सुखद सुरुवातको लक्ष्यमा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्