काठमाडौँ- राष्ट्रिय जनमोर्चाले माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि पार्टीको तर्फबाट ३ जनालाई उम्मेदवार बनाउने भएको छ।
कृष्ण अधिकारी, मीना पुन र रश्मिराज नेपालीलाई उम्मेदवार बनाउने निर्णय भएको पार्टी अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए।
पार्टीका अध्यक्ष केसीद्वारा जारी प्रेस विज्ञप्तिमा अधिकारी र पुन प्रदेश नं. ४ बाट तथा नेपाली प्रदेश नं. ५ बाट उम्मेदवार बन्ने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।