काठमाडौं– राष्ट्रियसभाका १६ जना उम्मेदवारको टुंगो लगाउन एमालेको स्थायी कमिटीको बैठक मंगलबार पनि जारी छ। दिउसो १ बजेबाट पार्टी अध्यक्ष केपी ओलीको बैठक सुरु भएको छ।
सोमबारको बैठकले १३ जना उम्मेदवारको टुंगो लगाएको थियो। उम्मेदवारको विषयमा विवाद भएपछि राती अबेरसम्म बैठक बसेको थियो। बैठकले ५ नम्बर प्रदेशबाट कोमल वलीलाई उम्मेदवार बनाउने निर्णय गरेकोमा आलोचना भइरहेको छ।
१, २, ३ र ४ नम्बर प्रदेशका उम्मेदवारको टुंगो आज लाग्ने छन्। बुधबार राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ताको कार्यक्रम छ।
माओवादी केन्द्रसँग मिलेर दुई पार्टीले ५६ मध्ये ४४ सिटका लागि उम्मेदवारी दिने र त्यसमा एमालेले २९ सिट पाउने सहमति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।