काठमाडौं– हास्यपधान फिल्म ‘फेरि–फरि’को निर्माण घोषणा भएको छ। राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी फिल्मको शुभ मुहूर्त समेत गरियो।
पुरन थापाको लेखन तथा निर्देशनमा बन्ने फिल्मलाई नेपालमै पहिलो पटक अत्याधुनिक एट के क्यामेराबाट छायांकन गरिने जनाइएको छ।
फिल्मको सुटिङ माघको तेस्रो सातादेखि सुरु गरिने भएको छ। फिल्ममा अर्पण थापा र ऋचा शर्माका साथै लय संग्रौला, ओम प्रतीक, पुरन थापा, ध्रुव कोइराला, एलिना बाँस्कोटा लगायतका कलाकारको अभिनय रहनेछ।
निरज थापाको निर्माण तथा सहनिर्देशनमा बन्न लागेको ‘फेरि–फेरि’लाई सुरेश बज्राचार्यले छायांकन गर्नेछन् भने विकास चौधरी र पुरन थापाको संगीत रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।