काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा लुम्बिनी विकास बैंकले खुद मुनाफा २७ दशमलव ९८ प्रतिशतले बढाएको छ। बैंकको नाफा १४ करोड ३७ लाख रुपैयाँ छ। आघिल्लो वर्षको यही अवधिमा बैंकले ११ करोड २३ लाख रुपैयाँ कमाएको थियो।
२ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंकले सञ्चालन मुनाफामा ७ दशमलव १९ प्रतिशतले वृद्धि गरेको छ। बैंकले १२ करोड ४२ लाख रुपैयाँ कमाएको छ। अघिल्लो वर्ष बैंकले ११ करोड ५९ लाख रुपैयाँ कमाएको थियो।
बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३२ पैसा छ। बैंकको खराब कर्जा साढे २ प्रतिशत रहेको छ भने निक्षेप लागत ८ दशमलव ७९ प्रतिशत रहेको छ। बैंकको स्प्रेड दर ३ दशमलव ८५ प्रतिशत छ।
१९ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरेर १७ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले खुद ब्याज आम्दानी ११ दशमलव १७ प्रतिशतले बढाएको छ। बैंकको खुद ब्याज आम्दानी ३२ करोड ४९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बैंकले २९ करोड २२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।